पृथ्वीबहादुर शाहमाथि सीआईबीको अनुसन्धान सकियो, लाखौँ डलर ठगी भएकाे खुलासा (विवरणसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अछामका पृथ्वीबहादुर शाहविरुद्धको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थालेको अनुसन्धान सकिएको छ। सीआइबीले आज पत्रकार सम्मेलन गरी अनुसन्धान सकिएको जानकारी दिएकाे हाे ।

सीआइबीले शाहविरुद्व चारवटा शीर्षकमा मुद्दा चलाउन सुझाव दिएको छ ।

शाहविरुद्व ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध शीर्षकका चारवटा कसुरमा मुद्दा दायर गर्न सुझाव सीआइबीले दिएको छ । शाहविरुद्व पीडित भएकाहरुले २४ वटा उजुरी हालेका थिए।

प्रहरीका अनुसार शाहबाट पीडित भएकाहरुको संख्या ५६ रहेको खुलेको छ। शाहसँगै यी अपराधमा अन्य २० जना संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ। जसमध्ये अहिलेसम्म ७ जनालाई पक्राउ गरिएको भने १६ जना अझै फरार रहेकाे सीआईबीले जनाएकाे छ ।

शाहले विदेशी नागरिकहरुलाई एन्टीभाइरस अपडेट र अमाजोनको बिल भुक्तानी लगायतका बहानामा विदेशी नागरिकहरुसँग सम्पर्क गरेको खुलेको पनि सिआईबीले जनाएको छ।साथै शाहले रिमोट एक्सेसबाट उनीहरुको डिभाइसमा गैरकानुनी पहुँच बनाएर बैंक एकाउन्टमा पहुँच पुर्‍याइ उक्त रकम नेपाल र थाइल्यान्डसमेत पठाउने गरेको सीआईबीले जनाएको छ।

उनले २४ जना पीडितहरुबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठग्न सफल भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । शाहले केही रकम अमेरिकाबाट नेपाल भित्र्याउन सफल पनि भएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?