अख्तियारद्वारा मेयर र इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साहविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साहलाई २०७९ माघ ३ गते आयोगको टोलीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

नगर प्रमुख गुप्ता र इञ्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिइएको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इञ्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?