मुस्ताङको सेरोफेरोमा रमाउँदा

हिमालय टाइम्स
Read Time = 15 mins

✍️ ताराबहादुर बुढाथोकी
फागुन ८ गते सोमबारको अंकबाट क्रमशः
बसबाट ओर्लनासाथ भित्तो शान्त स्निग्ध सुन्दर देखियो । अलि उकालो हो बाटो त । कतिखेर पुग्ने भयो । मन त पुगे नै पाइलाहरू भने सिँडीमा बिस्तारोमात्र उचालिए । ३७५० मिटरको उचाइमा चढ्दै गर्दा हल्का सास बढ्दो रहेछ । हरियो परियो देख्न पाइँदैन तर रमाइलो लाग्छ । केही नेपाली चलचित्रहरूको छायांछवि आँखामा नच्न थाले । मान्छेहरू निकै हिँड्छन् तर उक्लिन सकिरहेका छैनन् । मलाई नि लेख्न मन छ तर कहाँबाट थालौंजस्तो लागिरहेको छ ।

हिन्दू समाजमा वैष्णव समूहका नेपालमा रहेका चार प्रमुख क्षेत्रहरू रुरु क्षेत्र, बराह क्षेत्र, देवघाट क्षेत्र र मुक्ति क्षेत्र हुन् । यसमध्ये मुक्ति क्षेत्र हिमालले ओडेको हिउँको पछ्यौरी अलि मास्तिरसम्म लपेटिएको छ । ठाउँठाउँमा तुषारोले छोपेको छ जमिन । समात्दा छर्‍याम्म गर्छ । समीर निकै चिसो छ । घाम हिमालयको शिखरमा गोडा पसार्दै छ । उकालीको बायाँपट्टि कलकल खोली छ । दायाँबायाँ धुपीका साना विरूवा सकिनसकी हरिया बन्न खोजेका छन् तर १५ देखि २० सेन्टी मिटरभन्दा अग्ला छैनन् । धुपीबाट उस्तो बास्ना चलेको छैन । हातले टिप्यो वा चलायो भने मगमग बासना चल्छ । सुगन्ध दिन्छ तर रिँगाटा लाग्ने खालको कडा हुन्छ यो सुगन्ध । वर्तिरपर्तिर थुम्कीहरूमा मन्दिर, गोम्बा र स्तुपाजस्ता राम्रा बास्तुकलाका नमुनाभित्र भगवानको बास छ खुड्किला गनिएन, लगभग २०० खुड्किला होला तर हिँड्न झण्डै २० मिनेट लाग्छ । दुईचार खुड्किला उक्लियो, उभियो फेरि उक्लियो । देब्रेपट्टि छड्किएर सिँढीबाट द्वारमा पुगिन्छ । द्वारमै पुगे पनि मन्दिर पूरा देखिँदैन । कलकल बगेको खोलीको पानी, वरिपरि रोपिएका भोटे पिपल, अनि भोटे पिपलहरूको बीचबीचबाट लुकेर देखिने मुक्तिनाथ ।

भगवानको मन्दिर परिसरमा चण्डी पाठ गरेर सुनाउन पाउँदा मुक्ति मिलेको अनुभव भइरहेथ्यो । मेरो पछि भाइ खगेश्वर घिमिरे सर पनि बाचनलाई आन्दपूर्वक सुनिरहनुभएको थियो । उहाँ मेरो स्टाफ पनि, छिमेकी पनि । हिमालय मावि खाँदबारीका गुरुवर्ग मुक्तिनाथको दर्शन खातिर लामबद्ध थियौं ।

मलाई के भयो कुन्नि, एक सय आठ धारा चाहिँ मन्दिरभन्दा मुनि नै हुनुपर्ने हो । आँखा त धारा पो खोज्छ । आकातिर हेरेँ आँखाभरि र पाखाभरि राता धजाहरू टाँगिएको छ । मन्दिरको गजुरबाट चारैतिर परपरसम्म । ए बाबा हो । घरबाट हिन्दा शिव भनेर हिँडेको । शाश्वतधाममा वीरबहादुर सरले मुक्तिनाथ विष्णु हो भन्ने चर्चा गर्नुभएको थियो । जोमसोम पुग्दा नपुग्दै गुरु रिम्पोचे भन्ने सुनियो ।

धजापताका हेर्छु बौद्धजस्तो । मन्दिरको आकार पशुपतिनाथ जस्तो । धारा, कुण्ड, बाहन हेर्दा द्वारकापुरीजस्तो । दर्शन त गर्नुपर्ने तर कुन परमेश्वर भनेर गरौँ ? अलमलिएछु म । एउटा गेरु हापेनमा सबै जाडो खन्याएर धारामा नुहाउन सुरिएँ । बाबा मुक्तिनाथलाई चढाउन एउटा असमी गलेबन्दी र एउटा रुद्राक्षको माला लिएर गएको थिएँ । दायाँ हातमा चण्डीको पुस्तक र बायाँ हातमा रुद्राक्षको माला लिएर धारामा स्नान गरे । प्रिय ज्योति अधिकारी सरले भिडियो गरिदिनु भएछ । लामबद्ध भएर दर्शनार्थ पालो पर्खदा कवच, कीलक र अर्गलास्तोत्र गरी चण्डीको पाठ गरेँ । सूर्य गुरुङले भिडियो गर्नुभएछ । जाडाले पाना नपल्टिँदा औलाहरू बारमबार मुख र पानाहरूमा गएछन् । भिडियो अपलोड गरेपछि प्रतिक्रिया जुठो हालेर पढेको भन्ने आयो तर मुखमात्र हो थुक लगाएको थिइन ।

भगवानको मन्दिर परिसरमा चण्डी पाठ गरेर सुनाउन पाउँदा मुक्ति मिलेको अनुभव भइरहेथ्यो । मेरो पछि भाइ खगेश्वर घिमिरे सर पनि वाचनलाई आन्दपूर्वक सुनिरहनुभएको थियो । उहाँ मेरो स्टाफ पनि, छिमेकी पनि । हिमालय मावि खाँदबारीका गुरुवर्ग मुक्तिनाथको दर्शन खातिर लामबद्ध थियौँ । ए हो बल्ल पालो आयो । भगवान मुक्तिनाथको मन्दिरभित्र पस्दा हजारौ शास्त्रहरूमा श्रवण गरिएका देवलोकको स्वर्णीम ढोकाबाट भित्र पसेजस्तो लाग्यो । चारैतिरबाट भित्रपस्नु अघि पर्खा र ढोकाहरू छिर्नुपर्ने । कस्तो शान्त रङ भित्ताहरूमा । अलौकिक आनन्द आइरहृयो । पालो आउनासाथ प्रहरीले छिटो गर्नुहोस् भन्यो । पैसा, गलबन्दी, रुद्राक्ष भक्तिपूर्वक लिएर गएको तर चानचुने पैसा भगवानको पछ्यौरीमै पुग्ने गरी फालेछु । प्रहरीले कस्तो भन्नुभयो थाहा छ ? –‘किन फाल्नु भयो ? फाल्ने भए यहाँ मान्छे किन राख्नु ?’

मलाई त भगवानले नै गाली गर्नुभयो जस्तो लाग्यो । टीका लगाएँ । पुजारी बालकले अलिकति चामल दिए । बोकेर हिँडेछु । भगवानको प्रतीकात्मक स्वरूपको मुहारसम्म दर्शन गर्न पाइनछु । फेरि घुमेर आएँ तर प्रहरीले यतिबेला पूरै पालोबाट आउनुस् भने । मेलै चढाउन चाहेको कुरो उनकै हातबाट हस्तान्तरण गराएँ ।

यतिबेला पो पूजारीको मुहारमा हेरेँ । पुरुष र महिला छुट्याउन त सकिन तर उमेर चाहिँ लगभग १३ वर्षको हो । बाहिर स्थानीयको कुरो सुन्दा आनी अर्थात् बौद्ध भिक्षुणी पो रहिछन् । भगवानको प्रतिरूपमा दर्शन गरेँ । हिजो साँझ सपनामा दर्शन दिएका भगवान उनै हुन् । ओहो न आर्य न बुद्ध न शिव । नाक विष्णु जस्तो, कान हेर्दा बुद्धजस्तो अनि पूरा मुहार हेर्दा भगवान शिव जस्तै । मैले बेजोड भक्तिका साथ नमस्ते गरेँ ।

प्रभुको स्वरूप अपम्पार । सबै चराचरको रक्षा गर भगवान् । अगाडि दुई कुण्ड रहेछन् । स्नान त अपरिहार्य थियो तर चिसोले छुने सम्भावना तापमान जस्तै घट्दै थियो । अँजुलीले उघाएर शिरतर्फ अभिसिञ्चन गरेँ । साथीहरू फोटो खिचिरहनु भएको थियो र मन्दिरको पूरा गजुर आउने गरी उभिएँ र फोटो खिचाएँ । जुत्ता लगाउनु पर्‍यो भनेको त चढाउन लगेको नरिवल त हातमै रहेछ । भित्र पसेर फुटाएँ । दुई भागमा बाँडियो र कभर फक्लकै छुट्टियो । नरिवलको पानी भगवानलाई चढाएर छाला बोकेर फर्किएँ । भेषराज सर र कविता मिस बाँकी रहनु भएको अरू जम्मै हिँडिसकेछन् । केही पर पद्यसम्भवको मूर्ति र मन्दिर परिसरमा फोटोसेसन ।

दर्शन गरेर ज्योति हेर्न गइयो । जमिनमुनि नियालेर हेर्दा दुई ज्योति बलेको देखियो । हिँडौं भनेर तेर्सो लागेको । मित्र रमेश श्रेष्ठ रन्थनिँदै वाक्कवाक्क गरेको पाएँ । हाम्रा हेडसर अनुभवी नै हुनुहुन्छ । घामतिर जानुपर्छ भनेर उहाँलाई फर्काएर घाम लागेतिर ओरालो झारियो । अचम्म घामका पाइलाहरू तलबाट माथि सर्दै थिए । हामीले त जहिल्यै घामका पाइलाहरू हिमचुलीबाट तलतल झरेको देखेको । यहाँ तल बजारबाट पो सर्दै आउँदै थिए । हामी हिमालपारि थियौँ । मुक्तिनाथ बाबाको मन्दिरमाथिको चुचुरो पूर्वपथ्र्र्यो । फेरि पनि मन्दिर हमालतिर फर्केको थियो तर हिमालयका शृंखला दक्षिणबाट उत्तरतिर फर्केका थिए । हामीले घाम भेट्यौँ तर परको थुम्कोमा एउटा मन्दिर थियो ।

अपर मुस्ताङमा त अझै तेत्तीसकोटी पाहुनालाई पनि पुग्ने दरवार रहेछ । रातो र पहेंलो रङको मध्यमार्गी रङमा उभिएका ती सुन्दर दैवी वास्तुकलाका अनुपम नमुनाहरू घामका प्रकाशमा सुनौला देखिन्थे । विश्वका अनेकौं कलाकारहरू पब्लो पिकासो, लिओनार्दो दा भिन्चीहरू वर्षौं यहाँ बसेर बनाएजस्तै ।

कस्तो थियो, के थियो हेर्न पाइएन । भरत सर सुलोचना गुरुआमले भने देख्न पाउनुभयो । कागबेनीमा खाना खाएर अपर मुस्ताङतर्फ लागियो । रोमाञ्चकारी, तिलस्मी अनि जादुमय संसार हेरेको छैन भने कालीगण्डकीको किनारै किनार कागबेनीबाट अपरमुस्ताङतिर लाग्नुपर्छ । रमणीय हुनलाई हराभरा वनबाटिका चाहिन्छ भन्ने हाम्रो अवधारणालाई पूर्णतः परिवर्तन गरिदियो मरुभूमिले । कालीगण्डकीले बनाएको बिस्तारित बालुवाको फाँट, त्यसको वारिपारि भित्तामा देखिएका माटोका दरबार र मन्दिर । भित्तामा प्रकृतिले कुँदेर बनाएका आकृति कोही दन्त्यकथाका राजकुमारका दरबार जस्तै, कोही पुराणमा वर्णित देवताका महल जस्तै ।

कोही लोककथामा सुनिएका राक्षसहरूको आवास जस्ता । सप्तऋषिले तपस्या गरेका निर्मल कुटी यिनै हुन् कि जस्ता पनि लाग्ने । माटो र बालुवाको पहाड त कतै कान ठेडी मारेर हाक्पारे गाइरहेजस्तो । काहीँ रथ, घोडा, हात्ती, सारथी महारथी युद्ध गर्न जाँदै गरेको जस्तो । शिवको कैलास, विष्णुको वैकुण्ठ, ब्रहृमको सत्यलोक, पाण्डवको हस्तिनापुर, कृष्णको द्वारका, वुद्धको लुम्बिनी सिङ्गासिङगै ठडिए झैँ । पुराण सुन्दा हिन्दूहरूका तेत्तीसकोटी देवता कहाँ बस्थे ? जस्तो लाग्थ्यो ।

अपर मुस्ताङमा त अझै तेत्तीसकोटी पाहुनालाई पनि पुग्ने दरवार रहेछ । रातो र पहेँलो रङको मध्यमार्गी रङमा उभिएका ती सुन्दर दैवी वास्तुकलाका अनुपम नमुनाहरू घामका प्रकाशमा सुनौला देखिन्थे । विश्वका अनेकौं कलाकारहरू पब्लो पिकासो, लिओनार्दो दा भिन्चीहरू वर्षौं यहाँ बसेर बनाएजस्तै । अरनिको पनि चिनमा काम सकेर नेपाल फर्कंदा यतै बसेर दरबार बनाउँदा बनाउँदै हराएका हुन् कि जस्तो लाग्ने ।

खोपा, बुट्टा, टुँडाल, बरण्डा, झ्याल, ढोका, आँखीझ्याल, कौसी, भ्याल्सी कति हो कति राम्रो । फ्रान्सको लुभ्र दरवारको भित्तोमा मोनालिसाको मुस्कान जस्तो रहेछ जम्मै मुस्ताङ त । इन्जिनियरले ताजमहल बनाउँदा, कुतुव मिनार बनाउँदा, बार्किङघाम प्यालेस बनाउँदा, हृवाइट हाउस, मायादेवीको मन्दिर, रामजानकी विवाह मण्डप, शाश्वत धाम बनाउँदा यहाँकै बास्तुकलालाई सारेका हुन् । अनि महाराज युधिष्ठिर कंक बनेर विराट राजासँग जुवा खेलेका दरबार हुँदा हुन् । जो वाइडेन यतै बसेर अमेरिकाको अर्थ योजना बनाउँदै छन् कि जस्तो । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?