भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले चाड पर्व नजिकिएसँगै एक हजार बढी ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षणसहित सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
गत असोज १८ गतेबाट गाउँपालिकाले सम्वन्धित वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको थियो । सोक्रममा पालिका भित्रका एक हजार ७२ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०८०/०८१ को प्रथम त्रैमासिक कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता भुक्तानी शिबिर र जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको आयोजना र एनआईसी एशिया बैंक बैकुण्ठे शाखाको प्राबिधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रमबाट ज्येष्ठ नागरिकहरु लाभान्वित हुनु भएको छ । निर्वाचन पश्चात नै गाउँपालिकाको बैठकबाट सम्वन्धित वडाहरुबाट नै सामाजिक सुरक्षा भत्ता सम्वन्धि कार्य गर्ने निर्णय भएको थियो ।
घण्टौ धाएर भत्ता लिनका लागि गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ पुग्नु पर्ने बाध्यता हटेको छ । आफनै वडामा स्वास्थ्य परीक्षण सहित भत्ता बुझान पाएकोमा गाउँपालिका भित्रका ज्येष्ठ नागरिक समेत खुशी देखिनु भएको छ ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले भन्नुभयो, “हामी जनतालाई दुख हैन सेवा दिन आएका हौ, ,वडा तहबाट नै भत्ता पाउँदा ज्येष्ठ नागरिकहरु समेत खशी हुनुहुन्छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच