खैरो हिरोइनसहित एकजना पक्राउ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीका प्रयोगकर्ताकाे लागि ल्याएको प्रतिबन्धित लागुपदार्थ खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका-८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ बर्षिय अलेमुन हकलाई पक्राउ गरेको सुचना अधिकारी एवम् प्रहरी निरिक्षक किरण लामाले बताउनुभयो ।

सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको बताइएको छ । प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारवाही अगाडी बढाएको छ ।

म्याग्दीमा लागुऔषध र लागुपदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन् । केहीदिन अगाडी समेत रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ बर्षिय मुस्ताफा खानलाई ३९३ ट्यावलेट नाइट्राजेपामसहित प्रहरीले पक्राउ गरेको थियो ।

डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागुऔषधको प्रयोगकर्तासँगै महँगो मानिएको खैरो हिरोइनको समेत प्रयोगकर्ता बेनी आसपासमा रहेको सूचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको जनाएको छ ।

‘विद्यार्थी उमेरका लागु औषधको दुर्ब्यसनमा फसेका छन्,‘पछिल्लो समय भारतीय नागरिक समेत बेच्न बेनीसम्म आउने गरेका छन’ एक प्रहरी अधिकारीले भने । प्रहरीले अनुसन्धानमा रहेकाहरुबाट थप कनेक्सन खोज्दै छ । सदरमुकाम बेनीमा स्कुले विद्यार्थीे समेत दुर्ब्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्ता मार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तिब्रता दिएको छ ।

सदरमुकाम बेनीबजार सँगै छिमेकी जिल्ला पर्वत बेनीमा सामुहिक प्रयोग गर्ने सुचनाको आधारमा प्रहरीले निगरानी बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?