१८ महिनाकी छोरीको हत्या गर्ने बाबु पक्राउ, श्रीमतिलाई समेत माइत खेदेका थिए

हिमालय टाइम्स
Read Time = 1 min

बागलुङ । बागलुङमा बालिका हत्याको आरोपामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा १८ महिनाको बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षी सायर दिन मियालाई पक्राउ गरेको हो ।

बालिकाकी आमा नभएको मौकामा छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो । मियाले मादक पदार्थ तथा लागु औषध विक्री गर्दै आएको खुल्न आएको छ । केही समय अघि श्रीमतीलाई कुटपिट गरी माईत लखेटेको बुझिएको छ ।

प्रहरीले बालिकाको शव पोष्टमार्टमको लागि बागलुङ ल्याएको छ । आरोपित मियालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?