जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । देउमाई नगरपालोका-४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसमेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ८ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका-६ युनिक टोल बस्ने जनक पाण्डेको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल बेघासमेत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय रुपैँया र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?