सेनाका उपरथी प्रेम शाही बर्खास्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त हुनुभएको छ। आर्थिक अनियमितता गरेको आरोपमा उहाँलाई सैनिक अदालतले बर्खास्त गरेको हो ।

अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उहाँलाई बिहीबारदेखि लागू हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो । सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरित आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उहाँहरू सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।

उहाँमाथि आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप थियो । उक्त आरोपमा उहाँ दोषी ठहर भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?