नेक्स्ट जेन फोर्ड एभरेष्ट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्र्याएको
छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको एसयुभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरसमेत रहेको कम्पनीले जनाएको छ ।

जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भन्नुभयो, ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमतासाथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो । जुन नेपाली ग्राहक तथा एड्भेन्चरप्रेमीले अपेक्षा गरेभन्दा माथि उत्रिन सफल हुनेछ । यसको परिष्कृत मूल्यले नेक्स्ट जेन एभरेष्ट धेरै नयाँ ग्राहकले इच्छाएको र छनोटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ ।’ नेक्स्ट जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभका लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । नेक्स्ट-जेन फोर्ड एभरेष्टमा ८०० एमएमसम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधा रहेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?