६ तलामाथिबाट खसेका माधव नेपालका भाइ सरोजको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहनुभएका उपाध्यायले आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते हुुुनुभएको थियो । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो।

पार्टीका नेता बिजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उहाँलाई निजामती अस्पताल पुर्‍याएकोमा पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?