सय दिनमा ‘जारी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पछिल्लो समय चलचित्रले सय दिन बिरलै मात्र मनाउने गरेका छन् । हप्ता दिन पनि हलमा सिनेमा टिक्न नसक्ने अवस्थामा चलचित्र ‘जारी’को लोभलाग्दो प्रदर्शन भएको छ । दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’ले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो ।

वैशाख १ देखि प्रदर्शनमा आएको यो चलचित्रले शनिबार केही सिनेमाघरमा उक्त उपलब्धि हासिल गरेको छ । क्युएफएक्सलगायत केही मल्टिप्लेक्समा यो चलचित्र प्रदर्शन भइरहेको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो ‘जारी’लाई रामबाबु गुरुङले निर्माण गर्नुभएको हो । श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा यसमा प्रस्तुत गरिएको छ । पूर्वी नेपालमा लिम्बू समुदायमा रहेको विवाहसम्बन्धी संस्कारलाई मुख्य कथा बनाएर चलचित्र निर्माण गरिएको छ ।

चलचित्रमा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ । कविसँगै कथाकार रहनुभएका उपेन्द्र सुब्बाको यो पहिलो निर्देशन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?