![सिनेमाघरमा ‘फर्की-फर्की’ र ‘पुजार सार्की’](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/FARKI-FARKI-n-pujara-Sarki-in-cinema-ghar.jpg)
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के-७ क्लबमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम उद्घाटन गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वैधानिक प्रणालीबाट पठाएकोे पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरूको कमार्ई सुरक्षितरूपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बासडर जितु नेपाल, आधुनिक गायिका मिलन नेवार, दोहोरी गायक खेम सेञ्चुरी र गायिका शान्तिश्री परियारलगायतले प्रस्तुति दिएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १७ वर्षदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच