पाल्पामा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङ शान्तीनगर गाउँपालिका–.१ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सडक मर्मतको काम गरिरहेको अवस्थामा माथिबाट अचानक सुक्खा पहिरो झरी जेसीबीसहित चालक पुरिन जाँदा चालक खड्का गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा सोमबार विहान युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री… भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र… स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त दसैँका लागि सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा, गत वर्षभन्दा गोटामै ३ हजार महँगो विदेशबाट पैसा पठाउन अब थप सहज, इसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक…