स्वास्थ्य शिविरबाट झण्डै सात सय व्यक्ति लाभान्वित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा तम्घासमा सञ्चालित बृहत निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय नागरिकले सेवा लिएका छन् । तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शनिबार सञ्चालित शिविरमा ३९४ महिला र २९५ पुरुष गरि कूल ६८९ जना नागरिकले स्वास्थ्य सेवा लिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख घर्ती मगरका अनुसार चौराहा हस्पिटल प्राली र गुल्मी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा १९२ जनाले हाडजोर्नी, ५६ जनाले न्यूरो मानसिक र ७१ जना नागरिकले स्त्रीरोग सम्बन्धि सेवा लिएका छन् । त्यस्तै, १९ जनाले बाल रोग, १९७ जनाले जनरल फिजिसियन, ३९ जनाले नाक कान घाँटी सम्बन्धि, दुई जनाले डेण्टल सेवा र ११३ जना नागरिकले छाला रोग सम्बन्धि सेवा लिएका स्वास्थ्य शाखा प्रमुख घर्ति मगरले जानकारी दिनुभयो ।

त्यस अवसरमा रेसुङ्गा नरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धेरै रोगका बिरामीहरुलाई शिविरको माध्यमबाट विशेषज्ञ डाक्टरहरुबाट एकै ठाउँमा सेवा गर्ने उदेश्यले यो शिविर सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?