यसरी जोगाउनुहोस् ल्यापटपको ब्याट्रीलाई

हिमालय टाइम्स
Read Time = 4 mins

✍️ विष्णु ऐर (आईटी एक्सपर्ट)

हामी प्रविधिमैत्री हुँदै गएका छौं । विभिन्न इलेक्ट्रोनिक्स सामान हाम्रा अभिन्य अंग हुन पुगेका छन् । मोबाइलविना हाम्रो वर्तमान जीवन कष्टकर हुने देखिँदै गएको छ भने अन्यय इलेक्ट्रोनिक्स सामान पनि हाम्रा अभिन्न अंगका रूपमा विकास भइरहेका छन् । यस्तै हाम्रा कामलाई सहज र सरल तरिकाले सम्मपन्न गर्न हाम्रो अभिन्न अंग भएको छ ल्यापटप ।

ल्यापटपको ब्याट्रीलाई कहिल्यै शून्य चार्जको अवस्थामा पूरै चार्ज गर्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाउँछ । ब्याट्रीलाई ४० प्रतिशतसम्म मात्र चार्ज गर्नु उपयुक्त हुने विज्ञहरू बताउँछन् । ब्याट्रीलाई लामो समयसम्म टिकाउन चार्जलाई २० प्रतिशत भन्दा तल झर्न दिनु हुँदैन ।

यसलाई हामीले यात्रामा पनि लिएर हिँड्न सक्छौ भने कुनै पनि ठाउँमा पुगेर यसबाट काम गर्न सकिन्छ । पछिल्लो भागदौडको जिन्दगीमा यसको महत्व अझ बढ्दै गएको छ । ल्यापटप कम्प्युटरको एक विकसित रूप हो ।

ल्यापटप ब्याट्रीबाट चल्छ । जसलाई कसैले पनि आफ्नो कार्यानुसार सजिलै बेक्न र कतै लिएर जान सक्छ । ल्यापटपका सबै पाटपुर्जा साना प्रकारका हुन्छन् । ल्यापटपले घर तथा कार्यालयको कामलाई धेरै सहज बनाउने कारण यसका प्रयोगकर्ता ल्यापटपमै रमाउने गर्छन् ।

कसरी जोगाउने ब्याट्री
ल्यापटपको ब्याट्रीलाई कहिल्यै शून्य चार्जको अवस्थामा पूरै चार्ज गर्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाउँछ । ब्याट्रीलाई ४० प्रतिशत सम्ममात्र चार्ज गर्नु उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

ब्याट्रीलाई लामो समयसम्म टिकाउन चार्जलाई २० प्रतिशतभन्दा तल झर्न दिनु हुँदैन । ब्याट्रीको हेरचाह ल्यापटप दैनिक प्रयोग गर्दा बढी तात्न सक्छ । तातेको ल्यापटपलाई उचित हेरचाह र संरक्षण गर्न सकिएन भने चाँडै बिग्रिन सक्छ । बढ्दो गर्मीसँगै ल्यापटप बढी तात्ने समस्या आउन सक्छ । ल्यापटपको ब्याट्री र पंखामा धुलो पस्ने भएकाले समयसमयमा सरसफाइ गर्नुपर्छ । ब्याट्री र पंखामा धूलो एवं फोहोर जम्यो भने ल्यापटपमा समस्या आउन सक्छ । ब्याट्री र पंखामा भएको धूलो सरसफाइ गर्न ल्यापटपको खोल्न स्क्रु ड्राइभर र सावधानी आवश्यक पर्छ ।

त्यसैगरी इलेक्ट्रोनिक्स डिभाइसको सफाइका लागि ‘क्यान्नड एयर’ चाहिन्छ । यसलाई ग्यास डस्टर पनि भनिन्छ । चार्ज गरिरहेका बेला ल्यापटपलाई आफूबाट टाढा राख्नुपर्छ । ब्याट्री चार्ज भएपछि चार्जरलाई अलग गर्नुपर्छ । ब्याट्री तात्न थाल्यो भने लगातार ल्यापटपको प्रयोग नगर्नु राम्रो हुन्छ । अर्थात् केही समय बन्द गरेर चलाउनुपर्छ । कुलिङ किट प्रयोग गर्दा पनि ब्याट्री तात्ने क्रम रोकिएन र ब्याट्रीको ब्याकअप चाँडै सकिन थाल्यो भने लगातार चार्ज गर्नुको सट्टा ब्याट्री परिवर्तन गर्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?