होलीको दिन उपत्यकामा परे २६ सय सवारी चालक कारबाहीमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङ्घन गरेको कसुरमा होलीको दिन मात्रै २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने (लिडार गन) १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै काठमाडौंबाट उच्छृङ्खल तवरले होली खेलेको आरोपमा २ सय १८ जना पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?