कांग्रेस पार्टी देशकै जेठो, ठूलो, लोकप्रिय साथै ऐतिहासिक पार्टी हो । नेपालमा परिवर्तनको सर्वप्रथम शंखनाद गर्ने, राणा शासनको अन्त्य गर्ने, जनतालाई रैतीबाट नागरिक बनाउने र महानिर्वाचनहरूमा समेत पटक-पटक नेपाली जनताले विश्वास गरेको एकमात्र पार्टी हो कांग्रेस । यसको नेतृत्व गर्ने बीपी कोइरालाले सधैं अभिभावकीय भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका कारण नेता र कार्यकर्ताबीच नङ-मासुको सम्बन्ध थियो । दूरदर्शी विचार साथै सबैलाई माया, अपनत्व दिनसक्ने योग्यताका कारण नै हुनुपर्छ सबै कार्यकर्ताले बीपी कोइरालालाई जननायक शब्दले सम्मानित गर्दथे ।
बीपी कोइरालाको आदेशलाई पालना गर्दैगर्दा अनगिन्ती कार्यकर्ताले दुःख र सहादत पाए । पीडित परिवारले माओवादीका नेता पुष्पकमल दाहाललाई जस्तो बीपीसँग कहिल्यै आक्रोश पोखेनन् । उल्टै पीडित परिवारले सम्मानित भएको अनुभव गर्दथे । बीपी पीडित र शहीद परिवारहरूलाई आदर गर्नुहुन्थ्यो । बीपी कोइरालामा पीडित परिवारका साथै सबै कार्यकर्ताको सम्मान एकत्रित गर्ने विशिष्ट योग्यता थियोे । हिजो मेचीमा कांग्रेसका कार्यकर्ता कुटिँदा महाकालीको कांग्रेसले आफैंलाई दुःखेको अनुभव गर्दथे । आज तिनै कार्यकर्ता आफ्नै साथीलाई आक्रमण किन गर्छन् ? शक्ति र सत्ताको उन्माद र आकर्षणले आपसी मित्रतामा कसरी खलल उत्पन्न गर्छ भन्ने उदाहरण हो कांग्रेसबीचको वर्तमान तिक्तता । हिजो कांग्रेसका कार्यकर्ताबीच दुःख र पीडालाई एकआपसमा बाँड्ने अनौठो संस्कार थियो । सम्पन्नले विपन्न कार्यकर्ता र तिनका परिवारलाई समेत उदारतापूर्वक सहयोग गर्दथे । मेचीबाट खाली खल्ती निस्केको कांग्रेस कुनै अप्ठ्यारो अनुभव नगरिकन महाकाली पुग्थ्यो । किनकि हिजो सबैले उदारतापूर्वक कांग्रेसको नाममा सहयोग गर्ने संस्कृति थियो ।
पञ्चायत कालमा कांग्रेसहरूबीचमा अनौठो आत्मीय र एकता थियो । त्यसैले कांग्रेसले पञ्चायती शासनलाई विस्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्यो । कांग्रेस कार्यकर्ताबीच आपसमा अन्तरंग सम्बन्ध भएको हुँदा नै पञ्चायती व्यवस्थालाई अपदस्थ गर्ने आँट, साहस र सफलता मिलेको हो ।
पञ्चायत कालमा कांग्रेसहरू बीचमा अनौठो आत्मीय र एकता थियो । त्यही आत्मीय र एकताका कारण कांग्रेसले पञ्चायती शासनलाई विस्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्यो । कांग्रेस कार्यकर्ताबीच आपसमा अन्तरंगसम्बन्ध हुँदा सबैको लगनशीलता, परिश्रम, त्याग र लगानीले नै पञ्चायती व्यवस्थालाई अपदस्थ गर्ने आँट, साहस र सफलता मिलेको हो । त्यो अपनत्व, आपसी ममता, प्रेम, करुणा, दया, सहानुभूति र सहकार्य किन अहिले शून्य प्रायः भयो ? अपठ्यारा दिनमा सहयोग गर्ने, खान दिने, बाटो खर्च दिने, बास दिने, जेलमा भेट्न जाने कार्यकर्तासँगको सम्बन्धलाई अहिले नेतृत्वमा हुने शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता नेताहरूले हिजो प्राप्त सहयोग, सद्भावना किन बिर्से ? हिजो खान नपाउँदा खान दिने, बस्ने ठाउँ नपाउँदा बस्न दिने, गञ्जी, कट्टु, जुत्ता जस्ता आवश्यकीय सामग्री किनिदिने, जेलमा भेट्न जाने व्यक्ति र तिनका परिवारबारे उनीहरू किन बेखवर ? हिजो कांग्रेसलाई भेट्न जाँदा, सहयोग गर्दा, बास दिँदा यातना भोग्नुपर्ने समय थियो त्यस्तो जोखिमका बाबजुद सहयोग गर्ने व्यक्तिहरू अहिले शेरबहादुर र रामचन्द्र आदि नेताहरूको सम्झनामा र सम्पर्कमा छन् ?
हिजो सहयोग गर्ने परिवारको अवस्था बारे नेतृत्वमा रहनेहरूले अहिले तिनीहरूको अवस्था बुझ्ने र तिनीलाई सहयोग, सहानुभूति प्रकट गर्ने गर्छन् ? हिजो सहयोग गर्नेमध्ये कतिपय बिरामी अशक्त होलान् । उपचार गर्न नपाएर छट्पटीमा पनि कतिपय कार्यकर्ता होलान् त्यस्ता कार्यकर्ताको विषयमा सोच्ने नैतिक जिम्मेवारी नेताहरू किन निर्वाह गर्दैनन् ? आज प्राप्त राजनीतिक हैसियत तिनै अहिले अशक्त कार्यकर्ताकै सहयोग, सद्भाव र योगदानबाट हो भन्ने कुराको यिनीहरूमा सम्झना छ ? ती परिवार वास्तवमा कांग्रेस पार्टीका जग हुन् । नेताहरूलाई यो हैसियतमा पु¥याउने शक्ति हुन् । आफ्नो राजनीतिक जगप्रति बेवास्ता गर्दा नै यिनीहरूले आफ्नो र पार्टीको वर्तमान मात्रै होइन भविष्यलाई समेत संकटग्रस्त पारे । यिनीहरूमा विकसित व्यक्तिवाद, परिवारवाद, नातावाद र गुटवादले पार्टीको लोकप्रियता र छविलाई गर्तमा पुर्याए । नेताहरूका परिवारको, पार्टीभित्रका सीमित गुटको बन्दोबस्त गर्न कांग्रेस पार्टीको उदय भएको हो ? किमार्थ होइन । विडम्बना अहिलेसम्म त्यही भएको छ ।
बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताहरूका अनुयायीहरूमा भएको निजी स्वार्थ वास्तवमा परिवर्तन र विकासको मात्रै होइन प्रजातान्त्रिक पद्धतिकै दुश्मन बन्यो । शेरबहादुर, रामचन्द्र आदि जिम्मेवारीमा रहेका नेताहरूले २०४७ सालपछि आफ्नो घर नबनाएर देशमा सुशासन बहाली गरेको भए, देशलाई बनाउने संकल्प गरेको भए देशमा न माओवादीहरू जन्मन्थे न अहिले जस्तो सत्तामा जानेहरू सबैले देशको ढुकुटीलाई दुरुपयोग गर्ने भ्रष्ट चिन्तन नै विकसित हुन्थ्यो । हिजो आफू भोको हुँदा खानलाई अन्यको सहयोग लिनेहरूले अहिले आफू सम्पन्न भएपछि हिजो सहयोग गर्नेहरूका परिवारलाई सम्झनु पर्दैन ?
खोलो तर्यो लौरो बिर्सियोको सिद्धान्तका अनुयायीहरू कसरी लोकप्रिय हुन्छन् ? देशभरका जनताले शेरबहादुर, रामचन्द्र जस्ता जिम्मेवारीमा हुने नेताहरू सबैको विवेकको परीक्षा लिँदैछन् । हिजो सधैं बास खोज्दै जाने घरहरूमा अहिले त्यही बाटो हिँड्दा पनि त्यो परिवारलाई र हिजो सहयोग गर्ने वृद्ध मित्रलाई एक वचन बोलाउनेसम्मको हार्दिकता प्रकट गर्न चाहँदैनन् र सक्दैनन् भने त्यस्ता व्यक्तिको नेतृत्वमा कसरी पार्टी सबल र संगठित हुन्छ ? शेरबहादुर र रामचन्द्र जस्ता नेताहरू कार्यकर्ताको घरमा त्यतिबेलामात्रै जान्छन् जुनबेला त्यो घरमा मृत्यु हुन्छ । त्यहीँ घरको बाटो हिँड्दा कहिल्यै नपस्ने मृत्युको समयमा मात्रै जाने जुन प्रवृत्ति छ त्यसको समाजले नकारात्मक व्याख्या गरेको छ । नकारात्मक मनोविज्ञानलाई शेरबहादुर र रामचन्द्रहरूले बुझ्नुपर्ने कि नपर्ने ? नेतृत्वको सधैं दाबेदार र आकांक्षी हुने तर नेतृत्वको गुण नहुनेहरूले अब नेतृत्वमा रहने कि पार्टीलाई सुदृढीकरण गर्न सक्नेहरूलाई नेतृत्व हस्तान्तरण गर्ने ? बौद्धिक, मानसिकसँगै शारीरिक अक्षमताको विकास हुँदै गर्दा पदप्रतिको लालसाले पार्टीको भविष्यलाई नै दाउमा कति राख्ने ? चार दशकसम्म नेतृत्व र जिम्मेवारीमा रहँदा राष्ट्रको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न असफल अझै पदका लागि मरिहत्ते गर्नु भनेको आफ्नै योगदानको अवमूल्यन हो ।
अब मार्मिक तर फरक प्रसंगमा ध्यानाकर्षण गर्छु । सन्दर्भ प्राध्यापक यज्ञप्रसाद अधिकारी देशकै एक बौद्धिक व्यक्तित्व हुन् । उनी विगत पाँच वर्षदेखि पक्षाघातका कारण मृत्युसँग पौठेजोरी खेल्दै छन् । उपचार खर्च गर्दा गर्दा जोतखन गरेर पालिने खेतसमेत बिक्री गरेर अब परिवार सुकुम्बासी बन्नुपर्ने अवस्थामा छ । हिजो स्कुल कलेज, विश्वविद्यालयमा समेत विद्यार्थी राजनीतिमा अग्रपंक्तिमा नेतृत्व गर्ने, जेलनेलसमेत भोगेको, अध्ययनपछि विश्वविद्यालयमा प्राध्यापनरत रहँदासमेत पार्टीलाई, सरकारलाई र देशलाई निरन्तर विचार प्रवाह गर्न सधैं नेतृत्वदायी बौद्धिक योग्यता प्रदर्शन गरेको व्यक्ति यति लामो समयसम्म उपचारमा रहँदा पार्टीका उच्चतहका नेताहरूले कुनै वास्ता नगर्दा कार्यकर्ता तहमा कस्तो सन्देश गएको होला ? के नेताहरूले यस्ता विषयमा सोचेका छन् ? प्रधानमन्त्री भएका बेला खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ, रामवरण, रामचन्द्रलगायतलाई दशैँखर्चबापत राज्यको करोडौं ढुकुटी कानुन नियमविपरीत बाँड्ने शेरबहादुरले डाक्टर यज्ञप्रसाद अधिकारीको उपचारमा दश बीस लाखको सहयोग किन गरेनन् ? यज्ञप्रसाद अधिकारी जस्तै थुप्रै कार्यकर्ताको योदानबाट प्राप्त प्रधानमन्त्रीको पदमा रहँदा के हिजो योगदान गर्ने र सहयोग गर्नेलाई राज्यका तर्फबाट हुनसक्ने सहयोग गर्नुपर्दैन ?
प्रजातान्त्रिक आन्दोलनमा झलनाथ, खड्गप्रसाद र रामवरणको भन्दा कम योगदान नभएका यज्ञप्रसाद उपचारविना मर्नुपर्ने तर झलनाथ र खड्गप्रसादलगायत थुप्रैले राज्यकोषबाट करोडौं करोड उपचार खर्च निरन्तर पाउने व्यवस्था के आधारमा प्रजातान्त्रिक भयो ? एकपटक प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रपति हुनेहरू बिरामी नभइकन पनि उपचार खर्च पाउने तर यज्ञ अधिकारी जस्ता इमानदार व्यक्ति उपचारको अभावमा सधैं तड्पिनुपर्ने ? गरिब देशका सबै धनी नेताहरूले विविध सुविधा उपभोग गर्ने तर यज्ञ अधिकारीजस्ता देशको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नेहरू उपचारविना मर्नुपर्ने हो भने प्रजातान्त्रिक शासनको केन्द्रबिन्दु जनता कि नेता ? यज्ञप्रसाद अधिकारीलाई व्यक्तिगत रूपमा शेरबहादुर र रामचन्द्रले मात्रै होइन अन्य जिम्मेवारीमा रहेका सबै कांग्रेसले चिन्ने र जान्ने व्यक्तिले आपतविपतमा सहयोग पाउँदैनन् भने कांग्रेसका कार्यकर्तामा यो घटनाले कांग्रेस नेतृत्वप्रति कति नकारात्मक प्रभाव परेको होला ? अझ विशेष गरेर रामचन्द्र पौडेललाई त दमौलीको घडेरी किन्दा रुपैयाँ अपुग हुँदा जागिरबाट आएको रकमबाट आफ्नो छाक काटेर सहयोग गर्ने यज्ञप्रसाद र यो स्तम्भकार जस्ता अपठ्यारोमा सहयोग गरेकासँगको सम्बन्धलाई निरन्तरता दिन नसक्नु नेतृत्व गर्नेहरूको कमजोरीको रूपमा व्याख्या हुन सक्छ ।
२०४७ पछि राजनीतिक व्यक्ति र आसेपासेहरू सबैले काठमाडौंमा घर बनाउनुपर्छ भन्ने गलत सन्देश दिएर भ्रष्टाचारलाई प्रोत्साहित गर्न कांग्रेसले सुरुवात गर्यो भने कम्युनिष्टहरूले भ्रष्टाचारको सगरमाथा ठड्याए । अख्तियार रमिते बन्यो । यो सबै पार्टीहरू र देशकै दुर्भाग्य भन्नुपर्छ ।
शारीरिक असक्तताका कारण निराश यज्ञ अधिकारीको उपचारमा रामचन्द्रले कांग्रेसको वरिष्ठ नेताको हैसियतले सहयोगको पहल गर्न के उनको नैतिक जिम्मेवारी छैन ? हिजो प्रजातन्त्र आएपछि हामी छौं भन्ने शेरबहादुर, रामचन्द्रलगायत सबै नेताहरूले पदको र अर्थको रसमा डुबेर विगतको सहयोगलाई चटक्कै बिर्सदा कांग्रेसको संगठनमात्रै होइन सिंगो देश नै संकटग्रस्त बन्यो । २०४६ को आन्दोलनपछि शेरबहादुर र रामचन्द्र जस्ता जिम्मेवारहरूले व्यक्तिगत बन्दोबस्तका लागि भ्रष्टाचार नगरेर जनताको बन्दोबस्त गर्ने इमानदार चिन्तन र प्रयास गरेको भए न विकासका लागि तड्पिनु पर्दथ्यो न त माओवादी नै जन्मन्थ्यो, न त कम्युनिष्टहरूले शासनको गन्ध नै पाउँथे । २०४७ पछि राजनीतिक व्यक्ति र आसेपासेहरू सबैले काठमाडौंमा घर बनाउनुपर्छ भन्ने गलत सन्देश दिएर भ्रष्टाचारलाई प्रोत्साहित गर्न कांग्रेसले सुरुवात गर्यो भने कम्युनिष्टहरूले भ्रष्टाचारको सगरमाथा ठड्याए । अख्तियार रमिते बन्यो । यो सबै पार्टीहरू र देशकै दुर्भाग्य भन्नुपर्छ ।
जिम्मेवारहरूले आफ्नो घर बनाउनभन्दा देशमा सुविधा सम्पन्न र गुणस्तरीय अस्पताल बनाउने काममा प्राथमिकता दिएको भए आज यज्ञप्रसाद अधिकारी जस्ता इमानदार तर आर्थिक अवस्था कम हुनेहरूले उपचारका लागि छट्पटीमा बाँच्नुपर्ने थिएन । यसै सन्दर्भमा अर्का साहित्यकार गोविन्दराज विनोदी जसले जीवनभर प्रजातन्त्रका लागि योगदान गरे । विचार प्रधान कविताका माध्यमले पञ्चायतविरुद्धमा प्रजातान्त्रिक आन्दोलनमा सबैलाई जागरुक बनायो । त्यो व्यक्ति आर्थिक अभावमा लामो समयदेखि मृत्युुसँग लड्दालड्दै थाक्न बाध्य हुँदैछ भने प्रजातन्त्र जनताको लागि कि नेताको लागि भन्ने गम्भीर प्रश्न अब सधैं अनुत्तरित हुन सक्दैन ।
अब प्रा.डा.यज्ञप्रसाद अधिकारी र साहित्यकार गोविन्दराज विनोदी जस्ता राष्ट्रका धरोहरको उपचार व्यवस्था राज्यले अविलम्ब गर्ने कि यिनीहरूको नाममा बैंकमा उपचार सहयोग कोषको खाता खोलेर नागरिकसँग चन्दा उठाएर जीवन रक्षा गर्ने ? यो आलेखले सरकारसँग अविलम्ब समस्याको छिनोफानो खोज्न चाहन्छ । राजनीतिक नेतृत्व नागरिकहरूको अभिभावक हुने कि रमिते ? राजनीतिक नेतृत्व दुःखमा अभिभावक नभएर रमिते बन्छ भने त्यस्तो नेतृत्व के प्रजातान्त्रिक पद्धतिमा स्वीकार्य हुन्छ ? यो रोग सबै पार्टीहरूका नेताहरूमा छ । त्यसैले सुध्रने अर्थात् अभिभावक बन्ने कि सक्किने यिनीहरूकै व्यवहारले फैसला गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच