उपल्लो मुस्ताङमा हिमपात : तल्लो क्षेत्रमा वर्षासँगै चिसो बढ्यो

हिमालय टाइम्स
Read Time = 3 mins

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । बुधबार (आज) बिहानदेखि यो वर्षकै पहिलो हिमपात भएपछि मुस्ताङीहरु खुसी भएका छन् । वदलिँदो मौसमसंगै हिमपाँत हुँदा स्थानिय कृषक तथा पर्यटक हर्षित भएका हुन् ।

तल्लो क्षेत्रमा पनि हल्का फुल्का हिउँ पर्न थालेको र चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ ।
हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम सुरु भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमिनमा जम्न सकेको छैन ।

हिमपातले डाँडा र खर्कहरु भने सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासी बताउँछन् ।

मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरु समेत खुसी भएका छन् । हिउँदयाममा बर्षा र हिमपात नहुँदा जमिन सुख्खा भएर खेति समेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईको लागि राहत भएको कृर्षकहरुको भनाई छ ।

हिमपातले मुस्ताङका किसानलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्तोकोटीले जानकारी दिनुभयो । स्याउ बगैचा व्यवस्थापन र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?