अर्थशास्त्री सम्मेलन हुने

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय अर्थतन्त्रको समुन्नतिका लागि राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना गर्नेछ । विगत १५ वर्षदेखि नीतिगत बहस, छलफल, खोज तथा अनुसन्धानमार्फत् सम्बन्धित निकायलाई झक्झयाउने काम गर्दै आइरहेको केन्द्रले शुक्रबार सम्मेलन आयोजना गर्न लागेको समाजका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता हुने सम्मेलनको मुख्य उद्देश्य मुलुकभित्र लगानीमैत्री वातावरण, उत्पादन तथा रोजगारीमा अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्र स्वाधिन र आत्मनिर्भरतातर्फ उन्मुख गराउनु रहेको समाजले जनाएको छ ।

पछिल्लो समय स्रोत अभावमा विकास निर्माणका लागि आवश्यक स्रोत जुटाउन सरकारलाई मुस्किल परेको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन । हाल बैंकिङ क्षेत्रमा देखिएका तरलता समस्या तथा बढ्दो ब्याजदरले लगानी वातावरण बन्न सकिरहेको छैन । लगानीमैत्री वातावरण निर्माण र स्वदेशी उद्योगको प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सम्मेलनले अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समस्या समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने बताइएको छ ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, प्रदेश मुख्यमन्त्री, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रमुख राजनीतिक दलका अध्यक्षहरू, नेपाल बैंकर्स संघका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?