दुर्गा प्रसाईं नेतृत्वको अभियानद्वारा कडा आन्दोलनको घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ ।

अभियानले बिहीबार १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन आग्रह गनुृभएको छ ।

जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोषसभा गर्ने, २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताउनुभयो।

उहाँले चैत १ देखि चैत १ देखि राष्ट्रव्यापीरुपमा महाभियान गर्ने पनि जानकारी दिनुभयो । यस्तै उहाँले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन निम्ता दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?