चलचित्र पत्रकार संघद्वारा सम्मान

Read Time = 2 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र पत्रकारितामा सकृय महिला पत्रकारहरूलाई सम्मान गरेको छ । काठमाडौं आयोजित एक समारोहबीच संघले तीन महिला पत्रकारहरूलाई सक्रिय पत्रकारिता सम्मान तथा एकजना अग्रज चलचित्र पत्रकारलाई महिला चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरेको हो ।

संघका महिला उपाध्यक्ष सुरक्षा भट्टराईको सभापतित्वमा आयोजित समाराहेमा शिल्पा अधिकारी, विना श्रेष्ठ तथा सवी कार्की खड्कालाई सक्रिय पत्रकारिता सम्मान तथा अग्रज पत्रकार जयन सुब्बा मानन्धरलाई महिला चलचित्र पत्रकारिता सम्मान प्रदान गरेको हो ।

समारोहमा महिला चलचित्र पत्रकारिता विषयमा अन्तक्र्रिया आयोजना गरिएको हो । हास्य अभिनेत्री वसुन्धरा भुसालको प्रमुख आथित्यमा कार्यक्रम समपन्न गरिएको थियो । चलचित्र पत्रकार संघ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले गरेको यो पहिलो कार्यक्रम हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?