किचलोबीच बर्दियाका दलहरूले टुंग्याए सम्भावित उम्मेदवार

हिमालय टाइम्स
Read Time = 7 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्ता गठबन्धनलगायत अन्य राजनीतिक दलहरूले कतै सर्वसम्मत त कतै विवादबीच उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । उम्मेदवार सिफारिस गर्ने विषयमा धेरै विवाद नेपाली कांग्रेसमा देखिएको थियो । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरको गृह जिल्लामा पार्टीले क्षेत्रीय सभापति मुक्तिनाथ यादवको हस्ताक्षर विज्ञप्तिमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सहमहामन्त्री किशोर सिंह राठौर, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन, नेपाली कांग्रेस जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर, केन्द्रीय सदस्य सञ्जय गौतम, युवानेता महेन्द्रकुमार शर्मा, गंगाधर पौडेललगायत १० जनाको नाम सिफारिस गरिएको जनाएको छ भने क्षेत्रिय कार्य समितिका सचिवका तर्फबाट सञ्जय गौतम, महेन्द्रकुमार शर्मा, नेत्रराना भाटलगायत आठ जनाको नाम सिफारिस गरिएको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र न २ मा सहमहामन्त्री किशोर सिंह राठौर, आरजु देउवा राणा, अरुणप्रकाश सिंह राठौर, जन्मजय तिमिल्सिना, जग्गाप्रसाद पाण्डे, परशुराम थारू र भागीराम थारूको नाम सिफारिस भएको छ । प्रदेशसभाका लागि क्षेत्र न १ क बाट सोदे विष्ट, भवनेश्वर चौधरी र तिलकबहादुर बुढाक्षेत्रीको नाम सिफारिस गरेको छ । यसैगरी, क्षेत्र न १ ख बाट मंगलप्रसाद थारू, विजय दत्त देवकोटा, काशिराम चौधरी लगायतका रहेका छन् । क्षेत्र न २ क बाट जग्गाप्रसाद पाण्डे, विद्याप्रसाद खनाल, जंगबहादुर मल्ल, युवराज अधिकारी लगायतका सिफारिसमा परेका छन् भने क्षेत्र २ ख बाट अरुण प्रकाश सिंह राठौर, मिनराज चौधरी, जन्मजय तिमिल्सिना, लगायतका रहेका छन् ।

नेकपा माओवादी केन्द्रले पनि मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । क्षेत्र नं १ मा प्रत्यक्षतर्फ तिलकराम शर्मा र दुर्गाबहादुर थारूको नाम सिफारिस गरेको छ । यसैगरी, क्षेत्र न २ बाट सन्तकुमार थारू, मानबहादुर थारू र शरेश पन्थ सिफारिसमा पर्नुभएको छ । प्रदेशसभातर्फ क्षेत्र न १ क बाट कर्णबहादुर थापा, राजेन्द्र सिंह लामिछाने, शंकर थारू लगायतका हुनुहुन्छ भने क्षेत्र न १ ख बाट अञ्जु दहित, गेहेन्द्र ढकाल, कोलराज पुरी लगायतको नाम सिफारिस भएको छ । प्रदेश सभा सदस्य क्षेत्र न २ क बाट गणेशबहादुर क्षेत्री, चित्रप्रसाद खनाल, चक्रबहादुर भण्डारीलगायत सिफारिसमा पर्नुभएको छ भने क्षेत्र नं २ ख बाट मानबहादुर थारू, चिन्तामणि आचार्य, गणेश अर्याल लगायतका सिफारिसमा पर्नुभएको छ ।

यसैगरी, नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ लक्ष्मणराज ज्ञवाली, लीला राना, कृष्णप्रसाद गौतम र कपिल ज्ञवालीको नाम सिफारिस गरिएको जनाएको छ । प्रतिनिधि सभा क्षेत्र नं २ बाट विमल विक, भीम केसी, पंकज सिंह राठौर र कुलप्रसाद पोखरेलको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ क बाट प्रदेश सभाका लागि शालिकराम अधिकारी र हरि अधिकारी रहनुभएको छ भने ख बाट भक्तबहादुर विक, विष्णु भट्टराई लगायतका रहनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ क बाट लहनु चौधरी र नरबहादुर खडका रहनुभएको छ । ख बाट कृष्णी थारू, इन्द्र सेन र बाबुराम थारूको नाम सिफारिस भएको छ ।

यता नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा क्षेत्र नं १ बाट कौशिला सिंह ठकुरी, बखतबहादुर खड्का र दिगेन्द्र राज आलेलाई सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट लोकमणि आत्रेय, वैद्यनाथ झा, जुना कार्कीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ क बाट प्रदेशसभाका लागि डिलबहादुर केसी र यमुना विक रहनुभएको छ भने क्षेत्र नं १ ख बाट प्रेमप्रसाद पोखरेल, कमला घिमिरे, नारायणप्रसाद चौधरीको नाम सिफारिस भएको छ । क्षेत्र न २ क बाट प्रदेशसभाका लागि दुर्गाबहादुर रिमाल, लक्ष्मिकान्त शर्मा, शान्ति चौधरी र सुशीला थापा मगरको नाम सिफारिस भएको छ । क्षेत्र नं २ ख बाट बमबहादुर रावल, सृजना थापा क्षेत्री, अग्निप्रसाद अर्याल र पुनाराम थारूको नाम सिफारिस भएको छ । नाम सिफारिस भएसँगै राजनीतिक दलहरूले प्रचारप्रसार अभियानलाई पनि तीव्र पारेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?