जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बर्लिन। जर्मनीको उत्तरी शहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

इसाई धर्माबलम्बीहरूको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरूमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?