उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न नौ दलीय गठबन्धनको बैठक सुरु

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारमा सुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।

शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ ।

साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?