राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५०० रुपैयाँ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति पदका एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाउनु भएको छ ।

शुक्रबार निर्वाचन आयोगमा बुझाएको उहाँको खर्च विवरण अनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गर्नुभएको छ ।

जसमध्ये प्रचार प्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख गर्नुभएको छ ।

नेम्वाङका तर्फबाट उहाँका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाउनु भएको हो।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित हुनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?