पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको आइतबार राति १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।

उहाँको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी

-बीरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किनुभएको ।

-नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङदेखि शिक्षक वोलाएर पठन पाठन सुरु गराउनुभएको । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ ।

-भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

-२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद ।

-कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान ।

-चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान ।

-गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान ।

-नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान ।

-प्रजातन्त्रवादी पत्रकारहरूको संस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान ।

-पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान ।

-बचेको सम्पत्ती उहाँकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?