पीएसजी घरेलु मैदानमै पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

लियोनको जितमा ब्राडली बार्कोलाले निर्णायक गोल गरे । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

जितसँगै लियोन नवौं स्थानमा उक्लिएको छ। लियोनले २९ खेलमा ४४ अंक जोडेको छ। पीएसजी २९ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?