नेपाल लगानीको भर्जिन ल्याण्डः चौधरी

Read Time = 2 mins

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले नेपाल लगानीको सम्भावनाले भरिपूर्ण भर्जिन ल्याण्ड भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा योङ प्रेसिडेन्ट अर्गनाइजेसन सिंगापुर च्याप्टरका प्रतिनिधिसँगको अन्तरक्रियामा उहाँले स्रोत र साधनले भरिपूर्ण नेपालमा जति पनि लगानीको सम्भावना रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘दक्षिण एसियाकै लामो इतिहास बोकेको नेपालमा सम्भावना नै सम्भावना छन् । आठ हजार रेञ्जमाथिका हिमाल, तराई, पहाड, अनगिन्ती प्राकृतिक स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रमा पर्यटन व्यवसाय गर्छु भन्दा पनि अवसर छ, होटल गर्छु भन्दा पनि सम्भावना छ, उद्योगमा लगानी गर्छु भन्दा पनि सम्भावना छ । यतिमात्र होइन, ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावनाबीच हाइड्रोमा लगानी गर्न सकिने अवसरसमेत उत्तिकै छ ।’ चौधरीले नेपाल-सिंगापुरबीचको शताब्दीऔंको सम्बन्धलाई लगानी आदानप्रदान गरेर थप विस्तार गर्न सकिने बताउनुभयो । आफ्नै उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘मेरो जन्मभूमि नेपाल हो र व्यवसाय सुरुवात यहीँबाट गरेँ तर मैले व्यवसायलाई यहीँमात्र सीमित गरिनँ कि अन्य राष्ट्रमा समेत विस्तार गरिरहेको छु । तपाईँहरूले पनि बिजिनेसलाई नेपालसम्म चेनका रूपमा विकास गर्न सक्नुहुन्छ ।’

सांसद चौधरीले आफू व्यावसायिक क्षेत्रको भए पनि नीतिगत तहमै नपुगी देशको विकास नहुने देखेर आफू राजनीतिमा आएको बताउनुभयो । बर्सेनि रोजगारीको खोजीमा ५०औँ हजार युवा बाहिरिइरहेको अवस्थामा युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु आफ्नो पहिलो ध्येय भएको पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?