शासक र त्रिवर्ग

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

महाभारतको युद्ध हुनुपूर्व हस्तिनापुरका प्रधान शासक धृतराष्ट्र चिन्तामा डुुबे । उनले सदा आफ्ना छोराहरूलाई नै राज्यका सबै सुुविधा र उत्तराधिकारको चर्चा गरे । यदि मेरा छोराले शासन पाएन भने भने युुद्धलाई नै स्वीकार गर्नुुपर्ने बाध्यतामा उनी पुुगे । मनमा चिन्ता, भय, आक्रोस, माया र सन्तानको उन्नतिमा समर्पित एउटा पिता जसले सन्तानहरूको उन्नति र प्रगति देख्न सकेन त्यो धृतराष्ट्र हो । सन्तानको संहार सुन्यो तर हेर्न सकेन त्यो धृतराष्ट्र हो । उनका बाहिरी आँखाभन्दा भित्री आँखा कमजोर देखिएका छन् महाभारतमा ।

सदा आफ्नो र आफ्नाको हितलाई सर्वोपरि ठान्ने उनले जीवनका हरेक मोडमा असल, सभ्य, बुुद्धिमान् मानिस र व्यक्तिसित सङ्गत गरे । बुुद्धिमान र नीतिमा चलेका मानिसको राय भने कहिले पनि मानेनन् । नीतिमा नचलेका कारण उनको र उनको परिवारका सबै सदस्यहरूको अन्त्य भएको हो ।

जीवनलाई सदा सुुमार्गमा लैजान र चलाउन खोजे पनि उनको पुुत्रमोहले त्यसो हुन दिएन । मोहको अन्धकारमा फसेका धृतराष्ट्र कहिले पनि आफू र आफ्नाको कोटरीबाट बाहिर निक्लन सकेनन् । त्यसैले उनले चाहेको शासन हस्तिनापुरमा आउन सकेन । यो उनीभित्रको मानसिक छट्पटी थियो । त्यही छटपटीमा उनले विदुरसित सल्लाह मागे । विदुरले दिएको नीतिमा नचले पनि राय माग्न भने उनी पछि परेनन् । विदुरले दिएको सल्लाह र सुुझावलाई नमानेका उनी अन्ततः सबै गुुमाएर एक्लो अवस्थामा पाण्डवहरूको आश्रयमा बाँच्नुुपर्ने अवस्थामा पुुगे ।

विदुरले जुुन किसिमको नीति धृतराष्ट्रलाई दिए महाभारतमा उक्त नीतिलाई विदुुरनीतिका रूपमा चिनिएको पाइन्छ । भनिन्छ समय कहिले पनि एकनाशको हुँदैन । समय परिवर्तनीय छ । समयको आधारलाई छाम्न नसक्ने मानिस कहिले पनि प्रगतिको बाटोमा निरन्तर गतिशील हुन सक्दैन । समयको गति समातेर आफूलाई क्रियाशील बनाउने आदेश जीवनले दिने गरेको हुन्छ प्रत्येक मानिसलाई ।

बुुद्धिमान मानिस :
संसारको चेतनशील प्राणी मानिस हो । ईश्वरले मानिसलाई चेतना, बुुद्धि दिए । बुुद्धिलाई निरन्तर आफूले गर्ने सत्कर्ममा प्रेरित गर्न आग्रह पनि गरे । मानिसले सधैं सत्कर्म गर्ने गरेको भए आज मानिसका कुनै पनि शत्रुु हुने थिएनन् । मानिसले मानिसलाई मानिसकै दृष्टिले हेरेको भए संसारमा हतियारको आवश्यकता पर्ने थिएन । मानिसले गर्ने कर्मको मर्म जानेर मात्र कार्यमा सक्रिय हुुनु आवश्यक मानिन्छ ।
अनुुबन्धं च सम्प्रेक्ष्य विपाकं चैव कर्मणाम्
उत्थानमात्मनश्चैव धीर कुुर्वीत वा न वा ।।
बुुद्धिमान् मानिसले आफूले गर्ने कर्मको प्रयोजन, कर्मबाट प्राप्त हुने परिणाम तथा उन्नतिको विचार पहिले नै गर्दछ । सबै विचार गरेरमात्र कर्म गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिने गर्दछ । उचित र अनुुचितको सङ्कल्पबाट मात्र कार्यको समुुचित परिणाम आउने हुनाले बुुद्धिमान् र विचारशील मानिस त्यसतर्फ क्रियाशील हुनु आवश्यक मानिन्छ ।

राज्य सञ्चालनमा प्रधान सेवकलाई राज्यका हरेक कुराको उचित जानकारी हुुनुु आवश्यक मानिन्छ । राज्यका सबै निकाय तथा संयन्त्रको जानकारी बिना नै चलाउने आधार उपस्थित भएमा राज्यमात्र होइन शासक नै शासनमा टिक्न सक्दैन ।

राज्य सञ्चालनमा प्रधान सेवकलाई राज्यका हरेक कुराको उचित जानकारी हुुनुु आवश्यक मानिन्छ । राज्यका सबै निकाय तथा संयन्त्रको जानकारी बिना नै चलाउने आधार उपस्थित भएमा राज्य मात्र होइन शासक नै शासनमा टिक्न सक्दैन । उसले गर्ने सम्पूर्ण निर्णय राज्यप्रति उत्तरदायी हुुन्छन् भने ऊ राज्यका सबै संयन्त्रप्रति उत्तरदायी हुुनुु अनिवार्य मान्छ महाभारत पनि ।
यः प्रमाणं न जानाति स्थाने वृद्धौ तथा क्षये ।
कोशे जनपदे दण्डे न स राज्येऽवतिष्ठते ।।
कुनै पनि राज्यको असल शासकले राज्यको स्थिति, लाभ, हानि, अर्थतन्त्र, देश र दण्डको अवस्थाको बारेमा पूर्ण जानकारी प्राप्त गर्न सक्दैन त्यो व्यक्ति स्थिर शासक बन्न सक्दैन । राज्य संयन्त्रका सबै किसिमका ज्ञान प्रधान शासकलाई हुुनुु अनिवार्य मानिएको छ ।
साधारण मानिसको बुुद्धि र शासकको बुुद्धिमा भिन्नता हुनुु आवश्यक छ । शासक देश र जनताका लागि हुन्छ जसलाई देशवासीले आफ्नो मान्दै अपनत्वको आधार दिन सकून् । साधारण मानिस सके समाजको सेवक हुन्छ त्यो हुन नसके पारिवारिक मानिस बनेर आफूलाई उभ्याएको हुन्छ । त्यसैले शासक राज्यका सबै कुरा र संयन्त्रसित परिचित हुनुु आवश्यक मानिन्छ । राज्यका संयन्त्रसित परिचित हुन सकेन भने शासकको अस्तित्वमात्र नभई देशको अस्तित्व समेत सङ्कटमा पर्न सक्ने अवस्था आउन सक्ने देखिन्छ ।

वर्ग विभाजन :
आजको मानिस अन्न बिना बाँच्न सक्दैन । अन्न नै आजको मानिसको प्राण बनेको छ । मानिसको आहार, उसले गर्ने भोजनमा देखिने व्यवस्थाले नै आफू र आफ्नाको जीवन व्यवस्थित बनेर आएको हुन्छ । आहारका आधारमा मानिसको व्यवहार र उसभित्रका गुुण जीवन्त बनेर आएका हुन्छन् । समाज आर्थिक दृष्टिले उच्च, मध्यम र निम्न गरी तीन भागमा बाँडिएको छ । त्यही दृष्टिका आधारमा भोजनको अवस्था पनि रहने तर्क विदुरले अघि सारेका छन् ।
आढ्यानां मांसपरमं मध्यानां गोरसोत्तरम्
तैलोत्तरं दरिद्राणां भोजनं भरतषर्भ ।।
सम्पन्नशाली मानिसको भोजनमा मासुुको प्रधानता हुन्छ । मध्यमवर्गका मानिसको भोजनमा गोरसको प्रधानता रहने गर्दछ । निम्नवर्गका मानिसको भोजनमा तेलको प्रधानता रहने गरेको हुुन्छ । भोजनको व्यवस्थाका आधारमा नै जीवनवृत्त चल्ने हुनाले यो व्यवस्था प्राचीन परम्पराको मान्यता पनि हो । यही आधारमा मानिसले आफ्नो भोजनको व्यवस्थालाई आफूले गर्ने कर्मद्वारा निर्धारण गरेको हुन्छ । वस्तुुतः आजको समाजमा पनि तीन प्रकारका आहारको व्यवस्था देखिएका छन् ।

आहारमा शुुद्धता नै पवित्रता हो । पवित्र मनले गरिएका सबै कर्म पवित्र हुने गर्दछन् । यही आधारमा आहारको व्यवस्था भएको हो । जीवन धान्न आहार अनिवार्य हो सबै प्राणीहरूका लागि । आहार हुँदैनथ्यो भने संसारमा कुनै पनि प्राणीको अस्तित्व रहने थिएन । भोजन आवश्यकता हो जीवनका लागि । भोजनको व्यवस्थामा देखिने वर्गको विभाजन नै समाजको आर्थिक विभाजन मान्ने आधार हो । भोजनको सबैभन्दा ठूलो गुण त्यसको पाचन प्रक्रिया हो । आफूले गरेको भोजन पचेन भने त्यसले स्वास्थ्यमा समस्या उत्पन्न गर्दछ । आहारको प्रधानताका साथै विदुर भन्छन् :
सम्पन्नतरमेवान्तं दरिद्रा भुुञ्जते सदा
क्षुत् स्वादुतां जनयति सा चाढ्येषुु सुदुर्लभा ।।
गरिब वा निम्नवर्गका मानिसले सदा स्वादिष्ट भोजन गर्ने गरेका हुन्छन् । उनीहरूभित्रको भोकले भोजनलाई सदा स्वादिष्ट बनाएको हुन्छ । त्यही भोक उच्च वर्गका लागि सदा दुुर्लभ मानिएको हुन्छ । यहाँ भोजन आफैंमा स्वादिष्ट हुुँदैन । भोजनलाई स्वादिष्ट बनाउने आधार मानिसभित्रको भोक हो । भोकले नै भोजनमा विद्यमान रहेको तत्वलाई लिने हो । भोजनले कहिले पनि स्वाद पस्कँदैन । स्वाद त मानिसभित्रको भोक हो ।

मानवभित्रको डर :
डर मानिसको शत्रु हो । डर मानिसिभित्रको अपरिहार्य तत्व पनि हो । डर भएन भने मानिस सदा निरङ्कुश र आततायी हुने थियो । डरले नै मानिसलाई सदा मार्गबाट विचलित गर्न सकेको छैन । डर नहुने संसारमा कुनै प्राणी छैन । एक अर्काको डर प्रकृतिले उत्पन्न गरेर स्थिति बसालेको पाइन्छ । डरको स्थिति नभएको भए मानिसमात्र होइन संसारका सबै प्राणी स्वेच्छाचारी हुने थिए ।

डर मानिसको शत्रु हो । डर मानिसिभित्रको अपरिहार्य तत्व पनि हो । डर भएन भने मानिस सदा निरङ्कुश र आततायी हुने थियो । डरले नै मानिसलाई सदा मार्गबाट विचलित गर्न सकेको छैन । डर नहुने संसारमा कुनै प्राणी छैन ।

डरले संसारका सबै प्राणीलाई व्यवस्थित गरेर राखेको निश्चित हो । संसारमा बुुद्धिले भरिएको र संसारका प्राकृतिकबाहेक भौतिक संरचनाको निर्माण र विध्वंशको मूल कारक मानिस हो । मानिसले सृष्टिका संरचनालाई व्यवस्थित गरेको छ । व्यवस्थित मात्र होइन आफूले गरेका सबै कार्यको विध्वंशको कारक पनि मानिस बनेको छ संसारमा ।

मानिसमा विद्यमान डर एक किसिमको हुँदैन । उच्च, मध्यम र निम्न वर्गको अवस्थामा डरलाई बाँडिएको छ ।
अवृत्तिर्भयमन्त्यानां मध्यानां मरणाद् भयम्
उत्तमानां तुु मत्र्यानामवमानात् परं भयम् ।।
निम्नवर्गका मानिसमा जीवन यापन कसरी गर्ने भन्ने डर सदा रहिरहेको हुन्छ । मध्यमखालका व्यक्तिमा सदा मृत्युुको भय बढी देखिएको हुन्छ भने उत्तममा अपमानको ठूलो डरले शासन गरेको हुन्छ । यही डरमा चलेको छ संसार । संसार आफैँ चलेको हो । संसारलाई चलाउन मानिसभित्रको डरले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । भयविनाको संसार र डरविनाको प्राणी भएको भए आजको संसार कस्तो हुने थियो ।

यसको कल्पनाको आधार हामीसित छैन । संसारको व्यवस्थितता र संसारमा निर्वाह गर्ने पद्धतिको आधारमा जीवन जिउन सक्ने सम्भावनाको बलियो आवश्यकता देखिने गरेको छ । मानिसभित्रका सबै कर्म र कर्मको विसर्जन चिन्तनको आधारमा हुुने गरेका हुन्छन् । त्यही चिन्तनको मूल मान्यता मानिसभित्रको कल्पनाको आधारस्तम्भ पनि हो । आधार हुँदैनथ्यो भने संसार कुन गतिमा क्रियाशील रहने थियो यो सोच र अध्ययनको विषय बन्न सक्ने सन्दर्भ देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?