आगलागीबाट ५० लाख भन्दा बढीको क्षति

हिमालय टाइम्स
Read Time = 2 mins

सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका-५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ ।

आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरि १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमानन्द चौधरीले जानकारी दिनुभयाे ।

साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको स्थानीयले बताए  । राजविराज, हनुमाननगर, कंचनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा मानवीय क्षती नभए पनी नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरि ठूलो परिणाममा धनसम्पत्ती जलेर नष्ट भएको छ ।

आगलागीमा क्षतिको विवरण संकलन कार्य भईरहेकोले के-कति क्षति भएको भन्ने एकिन हुन नसकेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयाे । आगलागीबाट ५० लाख भन्दा बढीको धन सम्पत्ती जलेर नष्ट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?