गुल्मी शिक्षक संघको नयाँ नेतृत्व सर्वसम्मत चयन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको शिक्षक संघ जिल्ला कार्यसमितिको नवौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको छ ।

नवौं जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघको अध्यक्षमा खिमबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसरी नै उपाध्यक्षमा महिलाबाट तिलका घिमिरे र अर्का उपाध्यक्षमा रामहरि पाण्डे रहनुभएको छ । सचिव खिमबहादुर कुँवर, सचिव अर्थ मनबहादुर खत्री, सहसचिव रामप्रसाद आचार्य, सहसचिव महिला भगवती पाण्डे, सहसचिव अर्थ महिला विष्णुमाया पोख्रेल, सहसचिव समावेशी भुमबहादुर घर्ति मगर र रामबहादुर नेपाली रहनुभएको छ । सदस्यहरु पार्वती केसी, सुमित्रा भण्डारी, लोकेश गिरी, दिलिपकुमार थापा, जीवन मरासिनी, लक्ष्मण पाण्डे, रामचन्द्र सापकोटा रहनुभएको छ ।

अधिवेशनले सात जना प्रदेश प्रतिनिधि र सात जना संघीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको निर्वाचन समिति संयोजक युवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पुष्पा गहिरे पौडेल, पुष्पा घिमिरे, सीता भुसाल पराजुली, हिमकला राना, बासुदेव घिमिरे, भुवानन्द गैरे र ज्ञानबहादुर कुँवर प्रदेश प्रतिनिधि रहनुभएको छ । त्यस्तै, हिरादेवी खत्री, विष्णु कुँवर, हिरासिंह सराङ्कोटी, हरिबहादुर कार्की, प्रेमनारायण भण्डारी, बमबहादुर राना, भुवनेश्वर भुसाल संघीय महाधिवेशन प्रतिनिधि रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेपाल शिक्षक संघ नेपाली कांग्रेसको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले देशमा भएको हरेक परिवर्तनमा शिक्षकहरुको महत्वपूणर् भूमिका रहेको बताउनुभयो । “देशमा भएको परिवर्तनको बारेमा बोल्न शिक्षकहरुबाट नै सबैले सिकेका हौं ।” उहाँले भन्नुभयो, “देश अप्ठ्यारो परिस्थितिमा हुँदा पनि शिक्षकहरुले देशलाई ठुलो योगदान पुर्याउनु भएको छ ।” शिक्षकको समस्यालाई समाधान गर्नको लागि आफुहरु निरन्तर लाग्ने उपसभापति श्रेष्ठले बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शिक्षकले पेशालाई मर्यादित बनाई शिक्षणलाई गुणस्तरीय एवम् फराकिलो बनाएर लाग्न सबै शिक्षकहरुलाई अग्रह गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षकहरुको अहम भुमिका रहेको भन्दै यस जिल्लामा गुल्मीमा शिक्षक संघले महत्वपूणर् योगदान गरेको उल्लेख गर्नुभयो । शिक्षा ऐनको कारणले केही शिक्षकहरुमा हीनताबोध भएको भन्दै त्यसतर्फ नलागी आफ्नो पेशालाई निरन्तर दिन आग्रह गर्नुभयो । समाज परिवर्तनको लागि शिक्षकहरुको महत्वपूणर् भुमिका रहेको भन्दै शिक्षकलाई पर्ने समस्यामा सधै नेपाली काँग्रेस पार्टी साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य द्रोणबहादुर खत्री, जिल्ला सचिव भगतसिंह खड्का, शिक्षक संघ संघीय उपमहासचिव धना भण्डारी, शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष शंकर पन्त, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे, तरुण दल जिल्लाका अध्यक्ष भरत भलामी, नेविसंघका पुनाराम घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । यस जिल्लामा नेपाल शिक्षक संघमा एक हजार ६९३ जना शिक्षक आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?