जी २० सम्मेलन भारत र नेपालको चासो

केशवप्रसाद चौलागाई
Read Time = 14 mins

विश्वका औद्योगिक र आर्थिक रूपले सम्पन्न बीसवटा राष्ट्रहरूको आर्थिक तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने अन्तरसरकारी फोरमका रूपमा अगाडि बढेको ग्रुप २० को सम्मेलन भारतको नयाँदिल्लीमा सेप्टेम्बर ९ र १० तारिख २०२३ मा हुन गइरहेको छ । रुस, युक्रेन युद्ध तथा जलवायु परिवर्तनलगायत मुद्दाहरूले साझा सहमतिमा असर पार्ने त होइन ? भनेर चिन्ताको विषय बनेको छ । भारतीय नेतृत्व क्षमता र भावी कार्यदिशा पनि नेपाल जस्ता साना छिमेकी देशका लागि अध्ययनको विषय बन्नु स्वभाविकै हो । रुस, युक्रेन युद्धसँगै बहुध्रुवीय विश्व दुई धु्रवीय बन्ने खतराले सबै शान्ति प्रेमीहरूलाई चिन्तित तुल्याइरहेको अवस्थामा भारतको भूमिका र अवस्था पनि महत्वपूर्ण विषय बनेको छ ।

सन् २०१४ फेब्रुवरीमा इस्टिच्युट फर डिफेन्स एण्ड सेक्युरिटी एनालाइसिस नयाँदिल्लीमा आयोजना गरिएको ‘इमर्जिङ चाइनाज ट्रेन्ड एण्ड इण्डियाज रेस्पोन्स’ विषय एशियाली सम्मेलनमा अहिलेको विश्व चीन र अमेरिकी दुई धु्रवमा रहेको बताएका चिनियाँ प्रतिनिधिको लिखित र मौखिक भनाइ भारतले स्वीकारेको झैँ अनुभूति भएको थियो । सम्मेलनमा सहभागीका हैसियतले बहुध्रुवीय विश्वको अवधारणका रूपमा यस लेखकले ‘आयार्वत’को अवधारणालाई प्रस्तुत गर्दै ‘इण्डोपेसिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरू’ लेख प्रकाशित गरेको थिए ।

दक्षिण एशियाली सहयोग संगठनको भारत र पाकिस्तानबीच विवादका कारण सम्मेलन हुन नसकिरहेको अवस्थामा जी २० सम्मेलनमा चीनको सक्रियताले भारतीय नेतृत्व छायाँमा त पर्ने होइन ? भनेर विश्लेषण गर्ने ठाउँ पनि छ ।

भारत सरकारको भन्दा नेपाली बुद्धिजीवीका रूपमा नयाँ अवधारणा प्रस्तुत गर्दै बहुध्रुवीय विश्वको आधार प्रस्तुत गर्दा चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ तथा अमेरिकी मिलिनियम च्यालेन्ज कपेरिसनबीच समन्यवय गर्न सक्ने मौलिक नेपाली रणनीतिक अवधारणा बन्न पुगेको छ । संयुक्त राष्ट्र संघमा युक्रेनमाथि रुसी आक्रमणका विषयमा छलफल तथा मतदानमा तटस्थ बस्दै आएको भारत र चीनको सहभागिताका कारण जी-२० को मन्त्रिस्तरीय निर्णयमा रुसी आक्रमण बारे साझा प्रस्ताव पारित हुन सकेन । चीन र भारतबीच राजनीतिक र सीमा विवादले युद्धसमेत भइसकेको र वर्तमानमा झडप पनि भइरहेको परिपे्रक्षमा भारतीय नेतृत्व क्षमताले क्षेत्रीय सुरक्षा र समृद्धिको मुद्दामा कस्तो निर्णय गर्ने हो ? प्रतीक्षाको विषय रहेको छ ।

दक्षिण एशियाली सहयोग संगठनको भारत र पाकिस्तानबीच विवादका कारण सम्मेलन हुन नसकिरहेको अवस्थामा जी-२० सम्मेलनमा चीनको सक्रियताले भारतीय नेतृत्व छायाँमा त पर्ने होइन ? भनेर विश्लेषण गर्ने ठाउँ छ । रुस-युक्रेन युद्धलाई शान्ति वार्तमा ल्याउन चीनले गरेको १२ बुँदे प्रस्ताव र बेलारुसले प्रस्तावलाई समर्थन गरेपश्चात् चीनको चर्चा र प्रभाव सम्मेलनमा पर्ने देखिन्छ । औद्योगिक र आर्थिक स्थितिमा रुस युक्रेन युद्धले ठूलो प्रभाव पार्नुका साथै नयाँ विश्व व्यवस्थालाई समेत प्रभाव पारेको अवस्थामा सबैको ध्यान चीनतर्फ नै जाने हुँदा भारतीय नेतृत्वले सहकार्य गर्ला कि नयाँ विकल्प देला ? सबैको चासोको विषय बनेको छ ।

‘एक विश्व, एक परिवार र एक भविष्य’ नारा रहेको सम्मेलनले प्राचीन वैदिक दर्शन ‘बसुधैव कुटुम्वक’लाई आत्मसात् गरेको छ । जी-२० अन्तर्राष्ट्रिय सम्मेलन भारतका छिमेकी राष्ट्रहरूका लागि भूगोल, भावना र व्यवहारको दृष्टिले महत्व राख्ने भएकाले ‘पहिले छिमेक’ नारा दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरूलाई कसरी स्वागत गर्लान् ? भनी परराष्ट्रका विज्ञहरूको पनि चासो रहेको पाइन्छ । नेपालमा सार्क सम्मेलन हुन नसकिरहेका बेला एउटा गैरसरकारी संस्थाले सन् २०१८ मा एशिया प्यासिफिक समिट आयोजना गरी धेरै देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, सभामुखहरू पूर्वराष्ट्रप्रमुख तथा पूर्वसरकार प्रमुखहरूको उपस्थिति गराएको थियो ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको मन्तव्यले अन्तर्राष्ट्रिय स्तरलाई समाउन सकेको थियो । सामरिक, राजनीतिक कारणले विश्वलाई विनासर्तफ लगिरहेको छ भन्ने सोचाइलाई कोभिड १९ को संक्रमणको रोगले पनि थप सोच्न बाध्य पारेपश्चात बौद्धिक हिसाबले नयाँ विश्व व्यावस्थाको अवधारणा लेखकले प्रस्तुत गरेको थियो । शीतयुद्ध समाप्तिका लागि अन्तर्राष्ट्रिय शान्ति वर्ष सन् १९८६ मा विश्व शान्ति महायज्ञ आयोजना गरी अन्ततः शीतयुद्ध्र समाप्त पार्न सकेको घटनाको एक साक्षी भएकाले नयाँ विश्व व्यावस्थाबारे सोच्न सकिएको हो ।

असफल पुँजीवाद र कम्युनिज्मको विकल्प खोज्ने क्रममा शान्ति र सहिणुताको विश्व बनाउन सक्ने मौलिक दर्शन र अभ्यासलाई लेखाई र साधनाद्वारा पुष्टि गर्ने क्रममा अनुसन्धानदेखि विश्वशान्ति महायज्ञसमेत आयोजना गरी सफलता प्राप्त गरेको स्थिति छ । विश्व शक्ति, राष्ट्रहरूको आर्थिक र सामरिक होडबाजीबाट उत्पन्न हुने त्रास र विध्वंसबाट पृथ्वी र मानवजातिलाई बचाउन अन्तर्राष्ट्रिय गतिविधिसँग जानकार हुँदै चुनौती दिन सकेका छौं । भूराजनीतिक महत्व रहेको नेपालको नागरिकका हैसियातले दैवीशक्ति र बौद्धिक शक्तिलाई साधना र लेखनमार्फत अगाडि बढाउँदै छिमेकी भारत, चीन तथा टाढाका पश्चिमी शक्तिहरूको होडबाजीबाट मुलुक र जनतालाई जोगाउँदै समृद्धिमा पुर्‍याउने उपाय अपनाउँदै आएका छौं । यसै पृष्ठभूमिबाट भारतमा सम्पन्न हुन लागिरहेको जी-२० समिटबाट दक्षिण एशियामा समेत राहतको अनुभूति हुन सकोस् भन्दै आफ्ना विचार सम्प्रेषण गरिरहेका छौं ।

नेपालका दुवै ठूला छिमेकी चीन र भारत जी-२० समिटमार्फत आफ्नो समृद्धि र सुरक्षा खोजी रहँदा स्थाना छिमेकी नेपालको सुरक्षा र समृद्धिका बारे पनि सोच्नुपर्छ कि पर्दैन ? हामी नेपालीहरूद्वारा गरिने प्रश्न हुन् । जलवायु परिवर्तनको कुरा गर्दा हाम्रा पग्लिँदै गरेका हिमनदीहरूको संरक्षणका लागि कार्यक्रम बन्छ कि बन्दैन ? प्रतीक्षाको विषय हो । जनचासो बढिरहेको अवस्थामा राजनीतिक अस्थिरताका कारण नेपाल सरकारले आवश्यक कुराहरू राख्न सक्ने हो कि होइन ? महत्वपूर्ण कुरा हो । सदा स्वतन्त्र रहेको मुलुकका नाताले सम्मेलनको सफलताका लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउनुपर्दछ ।

भगवान बुद्धको सन्देशलाई उपस्थित सबै देशका प्रतिनिधिहरूमा पुर्‍याउँदै साझा गन्तव्यमा पुग्न नेपालको उपस्थिति लाभकारी हुनेछ । भारत र पाकिस्तानबीचको मनमुटाव र टकरावका कारण सार्क संगठन असफल भए झैँ चीन र भारतका कारण यो सम्मेलन असफल नहोस् भन्नका लागि नेपालले भूमिका खेल्न सक्छ ।

भगवान पशुपतिनाथ, भगवान गौतम बुद्ध, माता जानकी, मुक्तिनाथ भगवान तथा सर्वोच्च शिखर सगरमाथाको देशको उपस्थिति हुन सक्दा सफलता सहज बन्ने कुरा भारत सरकारलाई विश्वास दिलाउन सक्नुपर्दछ । धार्मिक क्षेत्रले निर्णायक भूमिका निर्वाह सक्ने यस क्षेत्रमा धार्मिक कूटनीतिको उपयोग नेपाल सरकारले गर्न सक्दा शान्ति र समृद्धिमा योगदान पुग्नेछ । पशुपतिनाथ र विश्व व्यावस्थाको अवधारणाले भारत सरकार नेपालको सद्भाव प्राप्त गर्न सकारात्मक बन्ने छ । आर्यावर्त : पुण्य भूमीमध्यं विध्यहिमालयो आर्यावर्तको भावनाले नेपाललाई सँगै राख्न भारत हिचकिचाउने छैन ।

भगवान बुद्धको सन्देशलाई उपस्थित सबै देशका प्रतिनिधिहरूमा पु¥याउँदै साझा गन्तव्यमा पुग्न नेपालको उपस्थिति लाभकारी हुनेछ । भारत र पाकिस्तानबीचको मनमुटाव र टकरावका कारण सार्क संगठन असफल भए झैँ चीन र भारतको कारण यो सम्मेलन असफल नहोस् भन्न नेपालले भूमिका खेल्न सक्छ । ट्याक टू कूटनीति र धार्मिक, सांस्कृतिक सफ्ट पावरका कारण नेपाल-भारत सम्बन्धमा सकारात्मक प्रभाव पर्नुका साथै नयाँ विश्व व्यावस्थाका लागि नेपाली नेतृत्व स्वीकार्य बन्न सक्छ । नेपाली राजनीतिक क्षेत्र र भारतीय प्रशासनिक तथा बौद्धिक क्षेत्र धर्म संस्कृतिप्रति उदासिन झैँ देखिनाले धार्मिक सांस्कृतिक क्षेत्रको योगदान सदुपयोग हुन सकिरहेको छैन ।

नेपाली धार्मिक क्षेत्रले गरेका अनुसन्धान तथा सञ्जालहरूका कारण नेपालले उपयोग गर्दै अगुवा बन्न सक्नेछ । द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका अनुसन्धान, स्वराज्य र मेलमिलाप भावी विश्वको आधार पुस्तक तथा ‘पशुपतिनाथ र विश्व व्यावस्था लेखका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याबाट निकासका लागि योगदान पु¥याउन सकिरहेका छौं । अन्तर्राष्ट्रिय सभासम्मेलन, अन्तर्राष्ट्रिय विश्वविद्यालय र थिंकट्यांक संस्थाहरूसँगको छलफल र अनुसन्धानमा संलग्नताका कारण जी-२० जस्ता समिटमा सहयोग पु¥याउन सक्नेछौं । जी-२० समिटमा नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रको चासोले भारतीय नेतृत्वलाई सहयोग नै पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?