नेपालले जोगायो एकदिवसीय मान्यता, यूएईमाथि १७७ रनको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा खेलको थिए । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रहे पनि मध्यक्रममा ब्याटर सम्हालिएर खेल्दा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए ।

भिम सार्कीले ३७ बलमा २९ रन बनाएका थिए ।

दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकिय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो ।

चौथो विकेट पछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो ।

त्यसपछि ब्याटिङ गर्न आएका यूएईका ब्याट्सम्यानहरु नेपाली बलरसामु निरिह सावित भए ।

ललित राजवंशीको पाँच विकेट प्रेरित आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा यूएईलाई २२।५ ओभरमा अलआउट गर्दै एकदिवसीय मान्यता सुरक्षित गरेको छ ।

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।

जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?