कुशासनका मतियार आफन्त

Read Time = 15 mins

संसारको शासनपद्यति आफ्नै किसिमको हुन्छ । प्रत्येक देशको शासन पद्यतिलाई त्यो देशका शासक र नागरिकले चलाएका हुन्छन् बालिगमताधिकारबाट । शासनमा बस्ने व्यक्ति वा नेताले राष्ट्रमा आफूलाई सबल बनाउने सन्दर्भमा शासनको सम्पूूर्ण जिम्मेवारी पूरा गरेको हुन्छ मन, वचन र कर्मले । अझ आजकल त शासक नियुुक्त भइसकेपछि प्रतिज्ञा (सपथ) लिने चलन छ । जनता, देश, ईश्वरलाई साक्षी राखी शपथ लिने परम्परा रहेको छ । शपथमा संविधान, कानुुन र देशको हितलाई सर्वोपरि मानेर काम गर्नेछुु जस्ता वाक्यहरू रहेका हुन्छन् । ती सपथका वाक्यमा राज्य र जनताबाहेक केही हुँदैन । कानुुनको अक्षरशः पालन गर्नेछुु भनिएको हुन्छ । पढुञ्जेलमात्र शपथ वा प्रतिज्ञा वाक्य जीवित रहेको हुन्छ । प्रतिज्ञा वाक्यको अन्त्य हुन्छ पढेर सकेपछि । यही हो शासनमा बस्ने शासकको नियति, भाग्य र कर्म पनि हाम्रो देश नेपालमा ।

महाभारतमा आफूले सदा छोराका सबै नराम्रा कामलाई आँखा चिम्लेर हौसला दिने धृतराष्ट्रको हालत हुन्छ हाम्रो देशका शासकको पनि । युुद्धमा आफ्ना सन्तानको समूल नाश भएपछि विवेकशून्य भएका धृतराष्ट्र सज्जयसँग गुुनासो गर्छन् । हस्तिनापुरका प्रधान सेवकको आजको अवस्था किन आयो । अनेक सबल, सक्षम, वीर तथा पाण्डवभन्दा बढी सेना भएर पनि हार किन व्यहोर्नुु प¥यो । यस्तै–यस्तै प्रश्न थिए धृतराष्ट्रका सञ्जयप्रति । सञ्जयको जवाफ घतलाग्दो देखिएको छ । शोकमा डुुबेका धृतराष्ट्रसित पश्चातापबाहेक केही पनि थिएन त्यो समयमा ।

कुुशासनका कारक आफन्त :
हस्तिनापुरका प्रधान धृतराष्ट्रलाई आफ्नै सारथी सञ्जयले गतिलो जबाफ फर्काएका छन् । उनले गरेको प्रश्नमा पहिलो कुरा सञ्जय भन्छन् :
गतोदके सेतुुबन्धो यादृक् तादृगयं तव
विलापो निष्फलो राजन मा शुुचो भरतर्षभ ।।
नदीको पानी सकिएपछि पुल निर्माण गर्नु अनुुचित हो । यो समयमा हजुरको विलाप निरर्थक छ । कुनै पनि शासक परिवारको हुँदैन । परिवारको सदस्यभन्दा पहिला शासकसँग देश जोडिएको हुन्छ । शासक आफैँमा देशको पहिचान र मूल्य हो । उसले लिने निर्णय देशका लागि हुने गरेका हुन्छन् । परिवार कहिले पनि शासकको शासकीय पद्यतिमा आउनुु हुँदैन । यदि परिवार शासकमाथि हावी भयो भने शासकको अवस्था धृतराष्ट्रको जस्तो हुन्छ यो सत्य हो । पारिवार मोहले शासकमा सङ्कट उत्पन्न हुुन्छ ।
स कृत्वापितृकर्म त्वं पुुत्रं संस्थाप्य सत्पथे
वर्तेथा यदि धर्मेण न त्वां व्यसनमाव्रजेत ।।
पिताको कर्तव्य पालन गरेर धर्म अनुुसार छोरालाई सही बाटोमा हिँडाएको भए तपाईंमाथि यो सङ्कट आउने थिएन । सङ्कटको मूल कारण परिवारमोह र तपाईंमा रहेको पुत्रस्नेह हो । धृतराष्ट्र आफैँमा खराब वा कुशासक होइनन् । उनीभित्र सल्बलाएको पुुत्रस्नेह नै कारण बनेर उपस्थित भयो । सन्तानमोह राजनीतिमा आजदेखि होइन । अयोध्यामा आमाको मोहका कारण असल शासकलाई वनवास प्राप्त भएको थियो । हस्तिनापुरमा पुुत्रको मोहले पाण्डवलाई वनवास र गुुप्तवास प्राप्त भएको थियो । पुुत्रमोहका कारण नै कौरवको वंशविनास भएको थियो । शासनमा आफूूमात्र होइन आफन्तप्रति हुने मोहले देशको अवस्था र शासन व्यवस्थालाई नै प्रभावित पारेको हुन्छ ।

हस्तिनापुरमा पुुत्रको मोहले पाण्डवलाई वनवास र गुुप्तवास प्राप्त भएको थियो । पुुत्रमोहका कारण नै कौरवको वंशविनास भएको थियो । शासनमा आफूूमात्र होइन आफन्तप्रति हुने मोहले देशको अवस्था र शासन व्यवस्थालाई नै प्रभावित पारेको हुन्छ ।

यस प्रभावका कारण शासकमात्र होइन देशका जनता नै सङ्कटमा पर्ने सम्भावनाले जरा गाडेको हुन्छ । शासकमा परिवारप्रतिको स्वार्थ र उसले निर्वाह गरेको भूूमिकाका आधारमा शासकीय पद्यति पनि कमजोर हुने गर्दछ । धृतराष्ट्रको मोहमा स्वार्थ थियो । शासनमा आफन्तवाद थियो । सल्लाह दिने विदुुरजस्ता व्यक्तिसमेत उपेक्षित थिए त्यसैले त्यो अवस्था भोग्नुपर्‍यो ।
तत् तंं विलपितं सर्वं मया राजन् निशामितम्
अर्थे निविशमानस्यविषमिश्रं यथामधुु ।।
हजुर स्वार्थका वशमा हुनुुहुन्छ । तपाईंका यी सम्पूूर्ण विलाप मैले सुुनिसकेँ । हजुुरका वचन विषले भरिएका अमृतसमान् छन् । बाहिर मिठो भए पनि भित्र घातक देखिएका छन् । यो त महाभारतमा रहेको सानो प्रसङ्ग मात्र हो । महाभारत युुद्ध हुनुुको मूल कारण दुुर्योधन वा धृतराष्ट्रपुत्र होइनन् । स्वयं शासक धृतराष्ट्र हुन् । उनमा विद्यमान रहेको पारिवारिक मोह नै उक्त युुद्धको मूल आधार थियो । त्यो आधारलाई अस्वीकार गरेको भए धृतराष्ट्र (कौरव) को वंशनाश हुने थिएन । तत्कालीन हस्तिनापुर एक सबल राज्य बन्ने थियो । कुुरुक्षेत्र रक्तरञ्जित हुने थिएन । यो शासकमा देखिने मोह हो । यो मोहबाट उम्किन नसक्नुु नै धृतराष्ट्रको कमजोरी थियो त्यो समयको ।

बिचरा हाम्रो देश !
व्यवस्थाका सञ्चालक निस्वार्थ, विकासप्रेमी, जनताको प्यारो हुनुुपर्दछ न कि कार्यकर्ताको मात्र । यही समस्या नेपाली राजनीतिमा देखिएको चुनौती हो । स्तुतिगान गर्ने कार्यकर्ता, आफन्तप्रेमी नेताले भरिएको देश हो हाम्रो नेपाल । शासनमा रहँदा परिवारका सदस्य नै प्रमुुख सल्लाहकारका रूपमा नियुुक्त हुने गर्दछन् । तिनै सल्लाहकारले देशको ढुुकुुटी रित्याउने र आफ्नो जीवनलाई विलासी बनाउने आधार बोकेका हुन्छन् । आफूू र आफ्नीपत्नीलाई नेता बनाउने परम्परा रहेका कारण समर्पित पार्टीका कार्यकर्ता पछाडि परेका छन् । श्रीमान्-श्रीमती नेता वा शासक, छोराछोरी ठेकेदार कसरी बन्छ देश र कसरी हुन्छन् सुुखी नेपाली । नेतापुुत्रले जागीर खाएको छ । नेतापुुत्रीले नोकरी गरेकी छिन् छैनन् । किनकि मातापिता नै शासक भएपछि पुस्तौँलाई पुुग्ने अर्थको सञ्चय हुने गर्दछ ।

देशको अर्थतन्त्र ओरालो लागेको छ । विश्वविद्यालयले लिने परीक्षाको प्रश्नपत्र विदेशी विश्वविद्यालयको हुुन्छ । विद्यार्थीको सङ्ख्या घट्दो देखेर विश्वविद्यालयले पाठ्यक्रममा सुुधार गर्ने अपेक्षासहित वक्तव्यबाजी गरेको हुन्छ । हरेक विश्वविद्यालय राजनीतिका अखडा बनेका छन् । विश्वविद्यलायहरू तालाबन्दीका मारमा थलिएका छन् । पदाधिकारीहरू आफन्त नियुुक्त गर्न नसकेर र नियुुक्त गर्ने पार्टीका कार्यकर्तालाई जागिर दिन नसकेर अत्तालिएका छन् । आफ्नो देशमा शिक्षाको गतिलो अवस्था नदेखेर विद्यार्थी बाहिरएको छ । तर, नेता म र मेरो पार्टीबाहेक देश कसैले बनाउँदैन भनेर सत्ताको लुुछाचुुँडीमा मस्त देखिएका छन् ।

आजसम्मचलेका सबै शासन व्यवस्थाले केही गरेनन् । हामीले जनमतद्वारा स्वीकृत संविधान बनायौँ भनेर भाषण नछाँट्नुुहोस् । आधा नेपालीलाई विदेशमा पठाएर तपाईंहरू कसरी जनप्रतिनिधि । विकासका नाममा आफन्तलाई ठेक्का दिने, शासनमा आफू र आफ्नालाई मात्र प्रश्रय दिने तपाईंका दिन अब छिटै जानेछन् ।

ठेकेदार नेताका छोराछोरी वा आफन्त । व्यापारी नेतापुुत्र वा आफन्त । जग्गाको कारोबारी उनैका छोराछोरी, सुन तस्करी आफूू र आफ्ना मतियार वा कार्यकर्ता कसरी बन्ने देश । एकात्मकरूपमा रहेको शासन व्यवस्थालाई हामीले संविधानमार्फत नै सङ्घमा प्रवेश गरायौँ । गाउँ, शहरमा एकनासको विकास होस् भन्ने कल्पनालाई मूूर्त रूप दियौँ । विकास भयो । कत्ति नभएको होइन । राजनीतिमा देखिएको वंशवाद र आफन्तवादले देशको भलो गरेको छैन । यो सत्यलाई स्वीकार गर नेताहरू । वंशवाद र आफन्तवादको जालोबाट देशलाई बचाउने प्रयासमा लाग । देशको अखण्डता र सार्वभौमितासित खेल्ने प्रयास नगर ।

सुुरक्षा निकाय र भन्सारको प्रविधि छलेर सय किलो सुन बाहिर आउँछ । विदेशमा पसिना बगाएको नेपालीलाई आफन्तलाई ल्याइदिएको सामान्य वस्तुुमा भन्सार लगाएर र पठाइन्छ । यस्तो किन ? उत्तर खोइ । यसको उत्तर कसले दिने ? राजस्व छलेर ल्याएको सुन तस्करलाई खोजिरहेका सुरक्षाकर्मीलाई दबाब दिइन्छ कहिलेसम्म यस्तो गरिरहने ? पत्रकार सम्मेलनमार्फत भ्रष्टाचार गर्न नदिने मन्त्रीको राजिनामा मागिन्छ किन ? सेनाको सङ्ख्या घटाउनुुपर्छ भन्ने आशयका भाषण गरिन्छ किन ? म र मेरो पार्टी तथा कार्यकर्ताले मात्र देश बनाउँछन् भन्ने आशयका कुरा बाहिर ल्याइन्छ किन ?

देशका बारेमा सोचिँदैन किन ? विदेशको गल्लीमा भौँतारिएका नेपालीका बारेमा निर्णय हुुँदैन । अध्ययनका लागि गएर ग्रीनकार्डका लागि पर्खिरहेका नेपालीका बारेमा निर्णय हुुँदैन किन ? देशमा बढ्दै गएको भ्रष्टाचारलाई निर्मूूल पार्ने प्रतिज्ञा हुँदैन किन ? यी सबै प्रश्नको उत्तर नेपालीसित छैन । सबै प्रश्नको उत्तर नाता, कृपा, आफन्त, श्रीमती, छोराछोरी, कार्यकर्तावादमा मौलाएका नेतासित मात्र रहेको छ । हामी कहिलेसम्म कुरेर बस्ने । नेपाल र नेपालीका बारेमा । तपाईंहरूले किन नसोच्ने ? काँधमा जिम्मेवारी र मनमा इमानदारी कहिले लिने तपाईंहरूले ।

यसको जवाफ चाहिएको छ नेपालीलाई । विदेश जान लामबद्ध नेपाली, अध्ययनका लागि उड्न तयार युुवा, आफन्तलाई नियुुक्त गरेर क्षतविक्षत भएका विश्वविद्यालय, काम नपाएर भौँतारिएको श्रमिक, बिउ, मल नपाएर अनिकालको ग्रास हुन लागेको किसान, पैसा लुुटेर भाग्ने सहकारी पीडित नेपाली, परीक्षा दिन जाँदा विदेशी विश्वविद्यालयको प्रश्नपत्र पाउने विद्यार्थी, एक वर्षसम्म परीक्षाफल प्रकाशन गर्न नसक्ने परीक्षा नियन्त्रण कार्यालय, काम, दाम र मामका लागि डोको नाम्लो काँधमा राख्ने कामदार सोधिरहेको छ देशको अवस्था कहिले सुुध्रन्छ भनेर ।

आजसम्मचलेका सबै शासन व्यवस्थाले केही गरेनन् । हामीले जनमतद्वारा स्वीकृत संविधान बनायौँ भनेर भाषण नछाँट्नुुहोस् । आधा नेपालीलाई विदेशमा पठाएर तपाईंहरू कसरी जनप्रतिनिधि । विकासका नाममा आफन्तलाई ठेक्का दिने, शासनमा आफू र आफ्नालाई मात्र प्रश्रय दिने तपाईंका दिन अब छिटै जानेछन् । आधा नेपाली विदेश, आधा नेपालीले मतदान प्रक्रियालाई बहिष्कार गरे भने तपाईं र तपाईंका आफन्त कसरी जनप्रतिनिधि । बेलैमा सोच्नुुहोस् र सचेत हुनुुहुोस् । नभए तपाईं र तपाईंका आफन्तको हालत पनि धृतराष्ट्रको जस्तो हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?