धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीको धनगढीमा पहिलो पटक फेन्सिङ खेलको राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ नाम दिइएको प्रतियोगिता चैत २९ र ३० गते धनगढीमा हुने भएको हो ।

कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा हुने प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य सहयोगी रहेको छ । १३ लाख ५७ हजार भन्दा बढी खर्च हुने अनुमान गरिएको सो प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषदले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ । बाँकी रकम विभिन्न पक्षसँग सहयोग माग्ने फेन्सिङ संघले जनाएको छ ।

सोमबार प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्न खेलकुद परिषद र फेन्सिङ संघबीच सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ खालको खेल भएकोले यसको प्रर्वद्धनमा सहयोग पुगाउन सहयोग गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताउनु भयो ।
सदस्य सचिव सिंहका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका जितेका थिए । कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत रहेका शाहीकै सक्रियतामा सो प्रतियोगिता हुने भएको हो ।

धनगढीलाई फेन्सिङको हव बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताउनु भयो ।

सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७० जना खेलाडी सहभागी हुने अध्यक्ष शाहीले बताउनु भयो ।

अध्यक्ष शाहीका अनुसार २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइने छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल समेत हुने आयोजकले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?