गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
तम्घासस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गुल्मीको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सभापति पुनले पार्टीको संगठनलाई गतिशीलसंगै बलियो बनाउन सबै तहका भातृ तथा शुभेच्छुक संगठन क्रियाशीलसंगै एक भएर लाग्नुपर्ने बताउनुभयो । सबै संघ-संगठनले विधान बमोजिम पार्टीको हितमा काम गर्न जरुरी रहेको बताउनुभयो ।
नेता तथा कार्यकर्ताहरु सबैले पार्टी प्रतिको आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई भुल्न नहुने भन्दै समाजलाई सकारात्मक दिशातर्फ लैजान सबै लाग्नुपर्ने बताउनुभयो । जनताको हरेक सुखदुःखसंग पार्टी संगठनलाई जोड्न आवश्यक रहेको बताउनुभयो ।
पार्टीको इतिहासलाई कसैले पनि बिर्सन नहुने भन्दै मजबुत र बलियो पार्टी बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । सभापति पुनले देशमा भएका हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको भन्दै व्यवस्थासंगै अवस्थामा पनि परिवर्तन आएको बताउनुभयो ।
समाजलाई सकारात्मक दिशातर्फ लैजाने कांग्रेसकै काधमा रहेको भन्दै सबै सकारात्मक सोचका साथ लाग्नुपर्ने बताउनुभयो । पार्टीको विधि विधान र नीति निर्देशन बमोजिम सबै भातृ एवम् शुभेच्छुक संगठनले काम गर्नुपर्ने र पार्टीले पनि आवश्यक सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।
त्यस अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टी संगठनलाई बलियो र क्रियाशील बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भन्दै सबै तहका संगठनलाई चुस्त दुरुस्त राख्न जरुरी रहेको बताउनुभयो ।
यस जिल्लामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम क्षेत्रीय अधिवेशन चैत ३ गते जिल्ला अधिवेशन चैत ६ गते सम्पन्न गर्ने निर्णय गरिएको छ । अधिवेशन सम्पन्न गर्नको लागि क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराई, क्षेत्र नम्बर-२ मा अर्का जिल्ला सचिव भगत सिंह खड्का र जिल्लामा उपसभापति शिव बहादुर खत्री प्रतिनिधिको रुपमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच