प्लास्ट नेपाल हुने

Read Time = 1 min

काठमाडौं । प्लास्ट नेपाल फाउन्डेसनले यही जेठ १२ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ आयोजना गर्ने भएको छ । पहिलो संस्करणको प्रदर्शनी २०७१ र दोस्रो संस्करण २०७५ मा आयोजना भएको थियो ।

अब हुने तेस्रो संस्करणको प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योग र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब पाँच हजार प्लास्टिक उद्यमी व्यवसायी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, कच्चा पदार्थ र मेसिन उपकरणसमेत गरी एक सय २६ स्टल रहने बताइएको छ । प्लास्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लास्ट नेपाल, नेपाली प्लास्टिक उद्यमीको छाता संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?