नवलपरासी । बर्षा बेलामा बाढीबाट हुने मानबीय र धनजनको क्षति कम गर्न लागि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको नदीहरुमा पूर्व सूचना प्रणाली (साइरन) जडान हुने भएको छ ।
इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) संहयोग तथा रामग्राम नगरपालिकाको पहलमा बाढी पूर्व सूचना प्रणाली(साइरन) जडान हुने भएको होे ।
रामग्राम नगरपालिका वडान २ स्थित झरही खोला र रामग्राम नगरपालिकाको वडान ६ स्थित रहेको रामखवडा खोला बाढी पूर्व सूचना प्रणाली(साइरन) जडान गर्न लागिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनु भयो ।
बाढी पूर्व सूचना प्रणाली (साइरन) जडान गर्नको लागि पहिलो चरणमा इसिमोडले कार्य सुरु भएको भन्दै ड्रोन क्यामराले झरही खोलामा सर्बेको काम सुरुवात भएको यादवले बताउनु भयो । उहाँका अनुसार ड्रोन क्यामरा नदी सर्बे गरी नक्सा बनाउने र समुदायमा पनि गई सर्बे गर्ने र यही असारमा बाढी पूर्व सूचना प्रणाली(साइरन) जडान हुनेछ ।
झरही खोलाले नदीले सदरमुकामा बिगतको दिनमा बाढीबाट बितण्डा मचाएको त्यसको पूर्व जानकारीकोलागि बाढी आउने बाढी पूर्व सूचना प्रणाली(साइरन) जडान गर्न थालिएको नगरप्रमुख यादवले बताउनु भयो । नगरबासीलाई पूर्व सूचना दिने प्रबिधि जडान गर्न लागिएको र बाढी आउने पूर्व २४ घण्टा आगाडि जानकारी आउँदा त्यस प्राविधीले जानकारी लिई सकेपछि नगरपालिकाले नगरबासीलाई सुचित गराईने काम गर्ने बताउनु भयो ।
यसको बाढी पूर्व सूचना प्रणाली(साइरन)सम्पूर्ण कक्लेशन रामग्राम नगरपालिकामा रहने यादवले बताउनु भयो । उहाँले भन्नुभयो-" वर्षाको बेला मानविय र धनजनको क्षति पुग्नबाट ठूलो मद्दत हुने साईरन बजेपछि स्थानिय सचेत सुरिक्षत स्थानमा सर्न सकिन्छ ।" दुई बर्ष झरही नदी र रामखण्डा नदीमा आएको बाढीले सदरमुकाम र रामग्राम नगरपालिकाको केही वडाहरु ठूलो धनजनको क्षती पु-याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच