चितवन । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेको छ ।
जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोडन सुरु गरेको हो ।
चितवन प्रहरीका डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितकाअनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।
जसमा भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका छन । चितवनका अन्य क्याम्पसहरुको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिनुभयाे ।
चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरुलाई समेत ताला तोडेर निर्वाचन प्रक्रिया सहज बनउन अनुरोध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच