काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जित हात पार्नेक्रममा पारसको टोलीले सोमबार राती वल्र्ड जायन्ट्समाथि ३५ रनको सानदार जित निकालेको हो । लगातार दोस्रो जितपछि एसिया लाइन्स शीर्षस्थानमा रहेको छ ।
जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनाएको थियो । उसका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै, कप्तान आरोन फिन्च २, लेन्डन सिमन्स १४, शेन वाटसन ३ र रस टेलरले ७ रन बनाउनुभएको थियो ।
एसियाका लागि कप्तान शाहिद अफ्रिदीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिनुभयो । अब्दुर रजाकले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै, सोहेल तनविरले एक विकेट हात पार्नुभयो ।
त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहनुभयो । त्यसबाहेक तिलकरत्ने दिलशानले २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोड्नुभयो । चौथो विकेटका लागि मिस्बाह र दिलशानले ६० रनको साझेदारी गर्नुभएको थियो । नेपालका पूर्वकप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा रहे पनि ब्याटिङ र बलिङको अवसर भने पाउनुभएन ।
यस्तै, एसिया लाइन्सका थिसेरा परेरा १० र शाहिद अफ्रिदी २ रनमा आउट हुनुभयो । भिजेको आउट फिल्डका कारण निर्धारित समयभन्दा झण्डै तीन घण्टापछि खेल सुरु भएपछि १०/१० ओभरमा खेल झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इण्डिया महाराजसलाई ९ रनले हराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच