अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नालाई

हिमालय टाइम्स
Read Time = 1 min

अर्घाखाँची ।  अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी चौथो अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नाले हात पारेको छ ।फाइनल खेलमा रोयल सन्धिखर्कलाई फराजिलो अन्तरले पराजित गर्दै डिभर्नाले उपाधि जित्न सफल भएको हो ।

इलाभेन ब्रदर्श डिभर्नाले दिएको १२१ रनको विजयी लक्ष्य भेट्याउने क्रममा रोयल सन्धिखर्क ३४ रनमा अलआउट भएको हो । क्रिकेट प्रतियोगितामा पुष्प वारीयर्सका खेलाडी सागर चौहान १४७ रनसहित बेस्ट ब्याटमेन भएका छन् भने रोयल सन्धिखर्कका विजय भट्टराई १४ विकेट लिएर बेस्ट बलर भएका छन् ।

अर्घाखाँची क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा चार टिमले सहभागीता जनाएका थिए । प्रथम तथा द्वीतिय भएका टिमहरुलाई जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालासहितका अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?