उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र जुटेन सहमति, भोलि फेरि बस्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ १० दलीय गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने भनिएको थियो ।

गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवार दुई मध्ये कसलाई साझा उम्मेदवार बनाउने भन्ने विषयमा बैठक केन्द्रीत भए पनि सहमति  भने जुट्न सकेन ।

बैठक पछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले भन्नुभयो, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार हुनुहुन्छ ।

बैठकले दलीय एकतालाई थप मजबुद बनाउने समझदारी भने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको र १० दलीय गठबन्धनलाई थप मजबुद बनाउँदै अघि बढ्ने समझदारी भएको उपमहासचिव बस्नेतले बताउनु भयो ।

बैठक बिहीबार फेरि बस्ने गरी सकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?