सिंचाईको अभावमा फलफूल खेती जोखिममा

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । सिंचाईको अभावमा डडेल्धुराका किसानहरुको फलफूल खेती जोखिममा पर्दै गएको छ ।

सुन्तला, मौसमी, अमिलो, कागती, किवी लगायतका अमिलो जातको फलफूलहरुका लागि प्रसिद्ध जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ चौड खाल्टाका जुनार (मौसमी) किसानको बारीमा सिंचाई अभाव भए पछि नयाँ पुस्ताको फलफूल खेतीलाई जोगाउन समस्या भएको किसान बताउँछन् ।
हिउँदे मौसममा पाईने सुन्तला, मौसमी, अमिलो, कागती, लगायतका किवी फलफूलहरुलाई स्वस्थ र पर्याप्त उत्पादन गर्न बोटको उत्पादकत्व बढाउने गरि चौड गाउँमा सिंचाईको योजनाका लागि सरकारसँग माग राखेका छन् ।

कृषि ज्ञान केन्द्र डडेल्धुराले फलफूलका बोटहरु काँटछाँट र टिप्ने हाते औजार तथा औषधि छर्किने प्रबिधि उपलब्ध गराए पनि सिंचाईको भरपर्दो योजना नहुँदा यस क्षेत्रका किसान प्रेमनाथ योगी चिन्तित हुनु भएको छ ।

उहाँका अनुसार वर्षौं देखि सरकारी कार्यालयहरु धाउँदै छु तर सिंचाई योजना को सुनिश्चितता भएको छैन, चारगाउँ रहेको यस क्षेत्रमा करिब दुई अढाई सय परिवारले फलफूल खेती गरेका छन, वर्षेनी लाखौं रकमको जुनार सुन्तला बिक्रि गर्दछन तर पुराना बोटहरु सुक्दै जाँदा नयाँ बोटहरुमा सिंचाईको अभावले समस्या भईरहेको उहाँले बताउनु भयो ।

यस्तै अगुवा कृषक दान बहादुर बोहराले पनि स्थानीय भागेश्वर गाउँपालिकामा पटकपटक भन्दै आए पनि सुनुवाई नभएकोमाम गुनासो गर्नु भयो । स्थानीय निर्वाचनका बेला पनि यहाँका कृषकको समस्या राख्यौं र आफू निर्वाचित भए सिंचाई योजनाका लागि पहल गर्ने प्रतिबद्धता भाषणमै सीमित भएको उहाँको गुनासो छ ।

सिंचाईको दिगो पूर्बाधार नहुँदा किसानहरुले फलफूल तथा तरकारी खेतीमा सामान्य सिंचाईका लागि स्वलगानीमा स्प्रिंकलको प्रयोग, प्लाष्टिक पोखरी निर्माण तथा फूटस्प्रेबाट फलफूलका बोट सिंचाई गर्नु पर्ने बाध्यता छ ।

यस क्षेत्रको मौसमी, सुन्तला फलफूलहरुले जिल्ला सदरमुकामका बिभिन्न बजार हुँदै सुदूरपश्चिमका पहाडी तथा तराईका बिभिन्न स्थानमा निर्यात गरि स्थानीय किसानहरुले वर्षौं देखि व्यवसायीक रुपमा खेती गर्दै वार्षिक लाखौं रकम आम्दानी गर्दै आएका छन् । तर, सिंचाईको अभावमा अब आम्दानी हुने नहुनेमा चिन्ता बढेको स्थानीयको गुनासो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?