डीडीसी दूधको मूल्य अब प्रतिलिटर ९७ रुपैयाँ

Read Time = 2 mins

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज (बिहीबार) देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ ।

संस्थानले उपभोक्ताका लागि सबै चार प्रकारको दूधको मूल्यमा ११ देखि१६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् ।

‘मन्त्रिपरिषदको निर्णय अनुसार बृद्धी भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दुध पाउनेछन,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भन्नुभयो ।

उहाँका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दुधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा विक्रि गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाईएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?