मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुरधाम फर्किए

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ ।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछीलगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् । फागुने औंशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका-८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत शुरु भएको थियो ।

फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किरहेका परिक्रमा यात्री भोलि सोमवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ । मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू-भागको पद यात्रा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?