विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का, नेपालले गुमायो दुई विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुृरु गरेको हो । पहिलो ओभरको तेस्रो बलमै नेपालले विकेट गुमाएको छ । पहिलो ओभरको चार बलको खेल सकिँदा १ विकेट गुमाएर नेपालले १ रन जोडेको छ । पहिलो ओभरमै आशिफ शेख आउट भए भने कुशल मल्ल पनि आउट भएका छन् ।

अहिले कुशल भुर्तेल र रोहित पौडेल क्रिजमा छन् । ५ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको हो । यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए ।

नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?