भोजपुरमा चैत्र १० बाट अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । प्रत्येक बर्ष संचालन हुने जिल्लाकै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत्र १० गतेदेखि १६ गतेसम्म संचालन हुने भएको छ । प्रतियोगितामा नेपाल भित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुने छ ।

आयोजकका अनुसार प्रतियोगितामा युकेएफसी भारत, एभीनियर फुटवल क्लव क्यामरुन, भोजपुर जिल्ला फुटवल संघ, एनबिवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लव मोरङ, भगवती स्पोर्टस क्लव खोटाङ र बसाहा क्लव उदयपुर सहभागी हुने छन ।
आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले विजेताले उपाधि सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने जानकारी दिनुभयो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

प्रतियोगिता संचालनका लागि करिव ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोेजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगिता संचालनका लागि बिभिन्न निकायहरुसँग सहयोगका लागि समन्वय समेत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालनका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?