रबि लामिछानेको प्रधानमन्त्रीसँग आग्रह- एसिया कपका खेल नेपालमा खेलाउन पहल गर्नुहोस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाउनुभएकाे छ ।

एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल विजय भएकोमा बधाई दिदै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सो पहल गर्नुपर्ने जनाउनुभएकाे हाे ।

‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भन्नुभएकाे छ, ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस् । प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’

नेपालले आज युइईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियम कपको बिजेता बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?