भोजपुरमा चैत १० बाट अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप हुने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता रहनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रूपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोटर््स क्लब खोटाङ र बसाह क्लब उदयपुर सहभागी हुनेछन् ।

आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउने जानकारी दिनुभयो । त्यस्तै, व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोेजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायहरूसँग सहयोगका लागि समन्वयसमेत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी र प्रचारप्रसारको काम सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?