मिटरब्याजीबाट पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

जाँचबुझ आयोग गठन गर्ने सरकारको प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  मिटरब्याजीबाट पीडितहरुको राजधानी केन्द्रित आन्दोलन स्थगित भएको छ ।

सरकारले उनीहरुको माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने भएका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति समेत भएकाे छ ।

सरकार र मिटरब्याजीबाट पीडितबीच गृह मन्त्रालयमा शनिबार पाँच बुँदे सहमति भएको हो ।

सरकारी वार्ता टोलीका संयोजक मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र पीडितका तर्फबाट संघर्ष समितिका संयोजक मनोज पासवानसहित दुवै पक्षमा पाँच पाँच जनाको वार्ता टोलीबीच यस्तो सममति भएको हो ।

सहमतिपत्रमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भदौ २७ को प्रतिवेदनमा उल्लेखित सिफारिस शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने विषय उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट मिटरब्याज पीडितबारे जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने भनिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?